ताजा अपडेट »

भैरहवा मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन मुस्ताङ्को मार्फादेखि रोल्पाको झातोसम्म

शनिबार, २४ मंसिर २०७९, १६ : ०८
8 Shares


भैरहवा । भैरहवावासीहरुले मुस्ताङको उत्पादन भैरहवामै पाएका छन । मुस्ताङका तरकारी तथा फलफुलबाट अर्ग्यानिक तरिकाले तयार पारिएका सामाग्री भैरहवमामै बिक्री भैरहेका छन ।

शुक्रबार देखि सुरु भएको आठौ लुम्बिनी राष्ट्रिय महोत्सवमा मुस्ताङको उत्पादन पनि बिक्रीको लागि राखिएको छ । मुस्ताङकै तरकारी र फलफुल प्रसोधन स्याउको सुकुटी, जाम, क्याण्डी, आलु चिप्स, खुर्पानीको जाम, सुकुटी जस्ता विभिन्न उत्पादनहरु बिक्रीका लागि राखिएका छन । भैरहवा मेलामा स्टल नम्बर १७२ मा मार्फा फलफुल तथा तरकारी उध्योगको स्टल रहेको छ । स्टल सन्चालक घरपझोङ्ग-२ मार्फाका शंकरलाल विश्वकर्माले सुरुकै दिनदेखी दर्शकको राम्रो प्रतिकृया पाएको बताए । "भैरहवामा पहिलो पटक मुस्ताङको उत्पादन लिएर आएको छु ।" विश्वकर्माले भने "पहिलो दिनमै ६ हजार बढिको बिक्री भएको छ ।"

कोभिडका कारण लामो समयदेखि बाहिर ब्यपार गर्न नपाएका उनले भैरहवा मेलाले उत्साह जागेको बताए । उनले मेला अवधीमा १ लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको बताए । उनको स्टलमा मार्फाको ब्राण्डी, रातो मुरली मकै, जिम्मु, जाम, छोप, स्याउ जस्ता उत्पादन रहेको छ । विश्वकर्माकै छेउमा स्टल नम्बर १७० मा रोल्पा सुनसरीका जसमन बिष्ट क्षेत्री र जीत बहादुर बिटालुले जातो लिएर आएका छ्न । पुर्ख्यौली पेशा यहि रहेको दुबैजना आफूसंग जातो र सिलौटा बिक्रीको लागि राखिएको बताए । स्थानिय डुडे ढुङ्गाबाट तयार पारिएको जातो र सिलौटामा पिसिएको मसला, आटा, दाल लगायत स्वादिष्ट एवम रसिलो हुने बिटालु दावी गर्छन ।

२५० स्टल राखिएको आठौ लुम्बिनी राष्ट्रिय महोत्सवमा स्थानिय उत्पादनहरुलाइ प्रवर्द्धन हुने उध्योगलाइ प्राथमिकता दिएको मेला मुला आयोजक समितिका संयोजक भीष्म न्यौपानेले बताउछ्न । मेलामा स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरु बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने उद्धेश्य रहेको उनले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले वर्तमान आर्थिक तरलता अवश्थामा आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको बताए । कोभिडका कारण शिथिल रहेको स्थानिय ब्यपारलाइ मेलाले टेवा दिने उनको भनाइ छ ।
विभिन्न उद्योग तथा ब्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिएका छन । मेलामा आउने दर्शकलाई लुम्बिनी संग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्वीक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराईने प्रचार प्रसार समिति संयोजक कृष्ण प्रसाद घिमिरेले बताए ।

करिब २ लाख ५० हजार दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिव १० करोड रुपैया बराबरको कारोवार हुने अनुमान गरिएको घिमिरेले बताए । यसले महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।