१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बुटवल । बुटवल उपमहानगरपालिका १६ डहर गाउँकी हिमादेवी पौडेलका छोरा युजलले २ कक्षामा पढ्छन् । छोरा युजललाई २ वर्षसम्म उनले निजी विद्यालयमा पढाइन । तर हिमादेवीले यो शैक्षिक वर्षमा छोरा युजललाई घर नजिकै रहेको नरैनापुर आधारभूत विद्यालयमा भर्ना गरिन । ‘पहिले छोराको पढाई निकै कमजोर थियो, अहिले प्रत्येक परीक्षामा ४ जिपिए ल्याउन सफल भएको छ ।’– हिमादेवीले यो कुरा विद्यालयले शुक्रबार आयोजना गरेको शैक्षिक अन्तरक्रियामा राखेकी हुन ।

Advertisement

यसअघि २ छोरीसँगै छोरालाई पनि बोर्डिङ्ग स्कूलमा पढाए बताउँदै उनले भन्छिन्–‘अहिले बोडिङ्ग स्कूल छाडेर सामुदायिक विद्यालयमा छोरालाई भर्ना गरेकी छु र पढाईमा अब्बल बन्दै गएको छ ।’ विद्यालयले लिने प्रत्येक परीक्षामा छोराले ४ जिपिए ल्याउने गरेको उनले सुनाइन । आफ्नै घर नजिकै रहेको सामुदायिक विद्यालयलाई सुधार गर्नुपर्ने र यो कुरा स्थानीय मै भर पर्ने पौडेलले बताइन् । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो हुँदा पनि समाजसेवी बुद्धिजिवीले नै निजी विद्यालयमा विद्यार्थी भर्ना गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको गुनासो पोखिन

शिक्षक र विद्यालय ब्यवस्थापन समितिको लगनशिलताले सामुदायिक विद्यालयमा सुधार आउँछ भन्ने पछिल्लो उदाहरण नरैनापुर आधारभूत विद्यालयले प्रस्तुत गरेको छ । बुटवल–१६ मा रहेको विद्यालयले ८ महिनामै शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थी र अभिभावकको रोजाईमा पर्न सफल भएको यहाँका स्थानीयहरु बताउँछन् । सामुदायिक विद्यालयको शिक्षा क्षेत्रमा सुधार आए पनि घर–घरमा पुगेर प्रचारप्रसार गर्न नसकेको भूतपूर्व शिक्षक सुर्दशन जोशीले गुनाशो राखे । सामुदायिक विद्यालयमा क्रमिक रुपमा सुधार आएको र शिक्षाको गुणस्तर बृद्धि हुँदा विद्यार्थीको चाप बढ्दै गएको बताए ।

‘सामुदायिक विद्यालयमा अब्बल तालिम प्राप्त, डिग्री होल्डर शिक्षक छन् तर विद्यालय घर–घरमा पुग्न नसक्दा केही विद्यालयमा विद्यार्थीको कमी आएको छ ।’–उनले भने । विद्यालयका जग्गादाता मदनमान श्रेष्ठका छोरा प्रवलले विद्यालयमा पढाईसँगै विद्यार्थीको क्षमता बृद्धि गर्नको लागि अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्ने शुझाँब दिन्छन् । सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष प्रेम बहादुर पौडेलले बुटवल बजारका मात्र नभएर तिनाउ पारिका सामुदायिक विद्यालय पनि शिक्षा क्षेत्रमा अब्बल बन्दै गएको र नरैनापुर विद्यालय यसको उदाहरण रहेको दाबी गर्छन् । नरैनापुर विद्यालयले ८ महिनाको समयमा नै शिक्षा क्षेत्रमा ब्यापक सुधार गर्दै विद्यार्थी र अभिभावकको रोजाईको केन्द्र बनेको उनले बताए ।

बुटवल–१६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले शिक्षक र ब्यवस्थापन समितिको खटाईबाट नै शैक्षिक क्षेत्रमा सुधार देखा परेको बताए । उनले न्यून विद्यार्थी रहेको नैरनापुरमा शिक्षक र ब्यवस्थापन समितिको पहलबाटै सामुदायिक विद्यालयमा विद्यार्थीको आकृष्ण बढ्दै गएको बताए । सामुदायिक विद्यालयमा अब्बल शिक्षक भएको र अग्रेजी माध्यमबाट पढाई हुँदा अभिभावकको रोजाई सामुदायिक विद्यालय बन्न पुगेको पौडेलको भनाई छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलले शिक्षकहरुको लगनशिलता र अभिभावकको चासोले गर्दा विद्यालयमा शैक्षिक सुधार गर्न सकिएको बताए । विद्यालयले अंग्रेजी माध्यमबाट मात्र शिक्षा प्रदान नगरेर विद्यार्थीको संस्कार र संस्कृति विकासमा जोड दिइएको बताए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बृद्धि भइरहेकोे बताउँदै पौडेलले विद्यालयलाई आवश्यक पर्ने भौतिक संरचना निर्माणको लागि तीनै तहका सरकारबाट सहयोग आवश्यकता रहेको उल्लेख गरे । २०७८ को शैक्षिक सत्रमा ६५ विद्यार्थी रहेको विद्यालयमा अहिले १५० जना पुगेको विद्यालयका प्रधानध्यापक अम्बिका अर्यालले बताइन् ।

कक्षा आठसम्म पढाई हुने विद्यालयमा अहिले कक्षा पाँचसम्म अंग्रेजी माध्यमबाट पढाई भइरहेको अर्यालले बताइन । विद्यालयले मासिक रुपमा आन्तरिक परीक्षा सञ्चालन गर्दै विद्यार्थीको शैक्षिक अवस्थाका विषयमा अभिभावकसँग निरन्तर छलफल र संवाद गर्दै जाँदा शिक्षामा सुधार देखिएको उनले सुनाइन । २०२४ सालमा विद्यालय स्थापना भएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड