ताजा अपडेट »

आर्थिक क्षेत्र चलायमान बनाउने नयाँ सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण

शुक्रबार, २३ मंसिर २०७९, १६ : २६
25 Shares

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नया बन्ने सरकारको पहिलो प्राथमिकता देशमा रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने काम गर्ने बताएका छन् । भैरहवामा आज देखि सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले यो सरकारले पनि उद्योगी ब्यवसायीको बिषयमा गम्भिरतका साथ बिषय उठान गरेको बताउदै नया बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई सम्बोधन गर्ने रहेको बताए ।

सरकारले रात्रीकालीन ब्यवसाय सञ्चालन गर्ने निर्णय गरि सकेको हुदा जिल्ला प्रशासन कार्यालयबाट स्विकृति लिई ब्यवसाय सञ्चालन गर्न सकिने उनले बताए । यस संगै राती १२ बजे सम्म सञ्चालन हुने रेष्टुरेन्ट, भोजनघर लगायतका ब्यवसायको लागि भने रात्रीकालीन ब्यवसाय सञ्चालन सम्बन्धि कुनै पनि स्विकृति लिन आवश्यक नपर्ने मन्त्री खाँणको भनाई छ । यस्तो ब्यवसायलाई प्रहरीले हस्तक्षेप गर्नुको सट्टा सहयोग गर्ने उनले आश्वासन दिए ।

गृहमन्त्री खाँणले सिद्धार्थ मण्डपको ब्यस्थापन नगरपालिकाले गरे बजेट ब्यवस्थापन सरकारले गर्ने आश्वासन दिएका छन् । सिद्धार्थनगरको सुखदुखमा साथ रहने प्रतिवद्धता संगै गौतमबुद्ध अन्र्तराष्टिय बिमानस्थल आर्थिक विकासको केन्द्र बन्ने खाँणको भनाई छ । भविष्यमा बिमानस्थलले आम नागरिकको जिवनमा परिवर्तन ल्याउने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले विषम परिस्थितिमा पनि आशा नमरेको बताए । “आशा मरेको छैन यसै भित्र सम्भावनाहरुको खोजीमा निजी क्षेत्र रहेको छ ।” उनले भने “ यसको लागि सहि सरकारी नीति, निजी क्षेत्र मैत्रीय बनाउन साथै अब आर्थिक क्रान्तीका वारेमा वहस गर्न जरुरी छ ।”

न्यौपानेले अब आउने सरकार र संसदमा देशको निजी क्षेत्रको भूमिका देश निर्माणमा भन्ने नारा सहित बृहत छलफलका साथै शुसासन र समृद्धि तर्फ अगाडी बढ्न् पर्ने देखिनु पर्ने जिकिर गरे । “पर्यटन,कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय सम्वृद्धिको आधार ।” भन्ने नाराका भैरहवामा आठौं लुम्बिनी राष्ट्रिय महोत्सव आज देखी सुरु भएको छ ।

सिद्धार्थनगर उद्योग बाणिज्य संघको आयोजनामा पुष ४ गते सम्म मेलामा स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरु बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । यसको साथै वर्तमान आर्थिक तरलता अवश्थामा आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको श्रेष्ठको भनाई छ ।

विभिन्न उद्योग तथा ब्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिने लुम्बिनी महोत्सव २०७९ मा २ सय ५० स्टल रहेको छ । मेलामा आउने दर्शकलाई लुम्बिनी संग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्वीक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराईने प्रचार प्रसार समिति संयोजक कृष्ण प्रसाद घिमिरेले बताए ।

करिब २ लाख ५० हजार दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिव १० करोड रुपैया बराबरको कारोवार हुने अनुमान गरिएको घिमिरेले बताए । यसले महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उनको भनाई छ । भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क ५० रुपैया तोकिएका छ । बिद्यार्थीहरु संग ३० रुपैया मात्र शुल्क लिने आयोजकले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।