१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु पुर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको टिप्पणी गरेका छन् । प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि अहिलेको सरकारले विधि प्रकृया मिचेर हतारमा मन्त्रालय सार्ने निर्णय गलत भएको बताए । बुटवलमा शुक्रबार विहान सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले संरचना नबन्दै मन्त्रालय सार्ने गलत निर्णय भएको बताए ।

‘गलत निर्णयले गलत परिणाम निस्कन्छ, हेर्दै जानुहोला अब के हुन्छ ।’–उपौडेलले भने संरचना नबन्दै तत्काल मन्त्रालय सार्ने काम गलत र त्रुटीपूर्ण छ । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पौडेलले आफ्नो पार्टीले जनादेशको सम्मान गर्ने भएकाले यसपटक प्रतिपक्षमा बस्ने बताएका छन् । चुनावको जनादेशले एमालेलाई वहुमत नदिएकाले प्रतिपक्षमा बस्ने बताए ।

कम्तीमा वहुमत र ठूलो पार्टी बन्छौं भन्ने एमालेको अपेक्षा पूरा नभएको बताउँदै उनले कर्नरमा पार्न सत्तामा रहेका दलहरुले गठबन्धन गरेकाले केही सिट कम आएर दोस्रो बन्न पुगेको उल्लेख गरे । माओवादी केन्द्र र अन्य दलसँग मिलेर सरकार गठनको प्रयास भइरहेकोबारे पत्रकारको प्रश्नमा नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको दोहो¥याए । ‘वामपन्थी बीच सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य ?–पौडेलले प्रश्न गरे ।
पुर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले एमाले प्रतिपक्षमा रहेपनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजननाहरु पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए । उनले रुपन्देहीलाई पुर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिने समेत बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड