ताजा अपडेट »

तिलोत्तमा मेला : कुस्तीमा आकर्षण, सार्वजनिक विदाले दर्शकको भिड

विहीबार, २२ मंसिर २०७९, १९ : ३८
16 Shares

बुटवल । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा शुरु भएको कुस्ती प्रतियोगितामा बिहीबार दर्शकहरु झुम्मिए । कुस्ती प्रतियोगिता दर्शकको पहिलो रोजाई बन्यो । दर्शकहरुको निकै चाप रहेको मेलामा विहीबार कुस्ती प्रतियोगितामा १६ जना पहलमानहरुले प्रतिस्पर्धा गरेका खेल ब्यवस्थापन उपसमिति संयाजक विवश थापाले जानकारी दिए । यी मध्ये दुई जना महिला पनि कुस्तीमा भिडेका थिए । कुस्ती प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी कुल २१ जना पहलमानले भाग लिएका छन् ।

यसैबीच बुधबार सार्वजनिक विदा भएका कारण दर्शकको भिड लागेको छ । चर्चित गायक गायिका हेमन्त शर्माले मेलाका दर्शकलाई छमछमी नचाए । उनले आफ्ना आधा दर्जन चर्चित गीतहरु गाउँदा दर्शकहरु उठेर छमछमी नाचेका थिए । त्यस्तै गायक गायिकाहरु शिलु भट्टराई, आरती रुचाल, मधु परियार, उद्घोष तथा गायक नारायण लेकाली, दिपु मगर लगायतले दर्शकहरुलाई भरपुर मनोरन्जन दिए । गायक रमेशराज भट्राईले नाईट कन्सर्टमा दर्शकलाई झुमाए । बुधबारको नाईट कन्सर्टमा रचना रिमालको प्रस्तिुति रहेको थियो ।

आयोजकका अनुसार शुक्रबार चर्चित गायक कुलेन्द्र विक, धनबहादुर गुरुङ, रेनु राना, विष्णु श्रीपाली तथा सोनी डान्स ग्रुपको प्रस्तुति रहने छ । नाइट कन्सर्टमा रुपक डोटेल रहने छन् । मेलामा तिलोत्तमा डान्स आईडल, मम्मी डान्स लगायतका कार्यक्रम पनि चलिएरहेका छन् ।
यसैबीच मेलामा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा लिटिल स्टार बोर्डिङ स्कुल पहिलो भएको छ । त्यस्तै लिटिल प्याराडाइज बोर्डिङ दोस्रो र तृतीय न्यू इन्भारमेन्ट बोर्डिङ स्कूल भयो । सान्त्वना स्थान प्यारामाउण्ट बोर्डिङ स्कुलले हात पार्यो । मेलामा बनाइएका सेल्फीजोनमा दर्शकको आकर्षण बढ्दै गएको सहआयाजक तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भूसालले बताए । त्यस्तै मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगितमा पनि चलिरहेको उनले बताए ।

तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गत विहीबारदेखि शुरु भएको मेलामा बिहीबार करिब ६० हजार दर्शक उपभोक्ताले मेलाको अवलोकन गरेको आयोजकले बताएका छन् । पछिल्ला दिनमा दर्शक उपभोक्ताको चाप बढ्दै गएपछि स्टलधनी समेत उत्साहित भएको मेला मूल आयोजक समिति संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनको अध्यक्ष प्रेम जीएमले बताए । मेलामा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीहरुलाई प्राथमिकता दिइएको जीएमले उल्लेख गरे । मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् ।

तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको छन् । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ । दर्शकको चाप अनुसार मेलाको अवधि केही दिन थप्न सकिने पनि आयोजकले बताएका छन् । यसैबीच मेलामा २४ गते शनिबार ब्याडमिण्टन प्रतियोगिता पनि राखिएको छ । मेलामा खुल्ला जिल्ला स्तरीय बी लेभल ब्याडमिण्टन प्रतियोगितमा २०७९ संचालन हुने खेल ब्यवस्थापन उपसमिति संयोजक विवश थापा मगरले जानकारी दिए । यसअघि टिमहरुलाई पत्र पठाउँदा खुल्ला जिल्ला स्तरीय बी लेभल मेन डबल ब्याडमिण्टन प्रतियोगितमा २०७९ लेख्नुपर्नेमा अन्यथा भएकोले त्यसलाई सच्याइएको थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।