ताजा अपडेट »

बुटवलको प्रदर्शनीलाई प्रविधि र दर्शक मैत्री बनाउने प्रतिवद्धता

विहीबार, २२ मंसिर २०७९, १८ : २८
10 Shares

बुटवल । बुटवलमा आयोजना गर्न लागिएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको सिलसिलामा विहिवार रुपन्देही उद्योग संघले स्थापना गरेको औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार एवं आयोजक बीच छलफल भएको छ । प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा भएको छलफलमा प्रदर्शनीलाई व्यवस्थित रुपमा आयोजना गर्न समावेश गर्नु पर्ने विषय वस्तु, सुधार गर्नुपर्ने कार्यक्रम तथा योजनाहरुका बारेमा सुझाव दिइएको थियो ।

कार्यक्रममा तयारीका बारेमा जानकारी गराउँदै प्रदर्शनी मूल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले संकटमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन प्रदर्शनीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै अहिलेको विषम् परिस्थितिमा प्रदर्शनीको भूमिका अझै बढेको बताए । पौडेलले राजधानी बाहिर प्रदर्शनीको सफल आयोजना गर्दै आएको स्मरण गर्दै यस पटकको आयोजनालाई अझ पृथक ढंगले गर्न लागिएको हँुदा सबैको सल्लाह र सुझाव ग्रहण गरी अगाडि बढ्ने प्रतिवद्धता जनाए । ‘आर्थिक रुपमा निजी क्षेत्र धरासायी बनेको छ, तर पनि संघले प्रदर्शनी आयोजना गर्ने जमर्को गरेको छ, यो हाम्रो आर्थिक गतिविधि चलायमान गराउने कोसिस हो’–अध्यक्ष पौडेलले भने, ‘यसबाट स्वदेशी उत्पादनलाई उपभोक्ताका माझमा पु¥याउने र वजार विस्तार गर्ने हाम्रो विश्वास छ ।’ उनले प्रदर्शनीको आयोजक रुपन्देही उद्योग संघ भए पनि प्रदर्शनीले दिने कुरा र आयोजना सबैको साझा भएकाले यसको अपनत्व सबै क्षेत्रले लिनुपर्ने बताए । प्रदर्शनीको आयोजनाले एउटा संस्थालाई फाइदा दिने होइन्, समग्र आर्थिक क्षेत्रलाई गतिशील बनाउन सहयोग पुर्याउने भन्दै अध्यक्ष पौडेलले सबैले आफ्नो सम्झिएर सहयोग गर्न आग्रह गरे ।

यस पटकको प्रदर्शनीलाई प्रविधि मैत्रीका साथै दर्शक मैत्री बनाउन नयाँ अनुभूति र सन्देश दिने गरी कार्यक्रमहरु अगाडि बढाएको अयोजकले जनाएको छ । विभिन्न क्षेत्रहरुबाट आएका राम्रा र कार्यान्वयन गर्न सकिने कुराहरुलाई सकेसम्म कार्यान्वयन गरेर जाने प्रतिवद्धता आयोजकले गरेको छ । प्रदर्शनी सफल बनाउन सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुको महत्वपूर्ण भुमिका रहने हँुदा कामका दौरानमा हुने कमीकमजोरीलाई सकारात्मक रुपमा औल्याइदिएर आयोजना सफल बनाउन सहयोगीको भूमिका निर्वाहा गरिदिन आयोजक संस्था रुपन्देही उद्योग संघले आग्रह गरेको छ ।

कार्यक्रममा पत्रकारहरु दिनेश पाण्डे, यमलाल भुसाल, अमृता अनमोल, भगवती पाण्डे, हरिश ढकाल, विष्णु प्रसाद घिमिरे, नरेश केसी, मिना ढकाल, दामोदर खनाल, लक्ष्मण पौडेल, कृष्ण खनाल लगायतले प्रदर्शनीलाई विगतको भन्दा भिन्न र आलोचना रहित बनाउन आग्रह गरे । उनीहरुले विगतमा भएका कमजोरी दोहोरिने वातावरण नबनाउन आग्रह गर्दै प्रदर्शनी अवधिभर विभिन्न क्षेत्रका विज्ञहरुलाई आमन्त्रण गरि आर्थिक क्षेत्रमा देखिएका समस्या तथा औद्योगिक विकास विषयमा छलफल चलाउन, प्रदर्शनीमा गुणस्तरीय उत्पादनहरु राख्न र मूल्य सूचीमा एक रुपता बनाउन, होटल रेष्टुरेष्टमा ताजा खानाको व्यवस्था, स्थानीय कलाकारहरुलाई प्राथमिकता दिन सुझावहरु दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।