१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाडौं । सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,  विभिन्न  प्रतिष्ठान,  स्वास्थ्य  तथा  शैक्षिक  संस्था,  गैह्रसरकारी  संस्था,  कम्पनी  तथा  अन्य  प्रकृतिका निजी कार्यालयको  परिसरलाई  नियमित सरसफाइ गर्न भनेको छ । 

सफा नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा  अन्य  प्रकृतिका  फोहोर  मैलाले सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको महानगरपालिकाको ठहर छ । ‘फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो,’ महानगरपालिकाले सूचना जारी गर्दै भनेको छ,’फोहोर मैला व्यवस्थापन ऐन २०६८ तथा ऐ. नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै  प्रकारका  सरकारी  तथा  निजी  कार्यालयहरूले  आफ्नो  परिसरको  फोहोर  मैला  ३५  दिनभित्र  आफैं  व्यवस्थापन  गरी  सहरलाई  सफासुग्घर राख्न सहयोग गर्नुहोला ।’ 

३५ दिनभित्र फोहोर व्यवस्थापन नगरेमा दण्ड जरिवाना गरिने समेत चेतावनी महानगरपालिकाले दिएको छ । फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल  गरी  त्यस्ता  कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री सुनको मूल्य ५०० रुपैयाँले घट्यो ट्रान्सपरेन्सी रिपोर्ट : नेपालमा झन बढ्यो भ्रष्टाचार, ३४ अंकसहित ११० औं स्थानमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो