ताजा अपडेट »

लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम

सोमबार, १९ मंसिर २०७९, १८ : ३६
22 Shares

भैरहवा । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले लिलाराम न्यौपाने माध्यमिक विद्यालयका छात्राहरुलाई ब्यक्तित्व विकास तालिम दिएको छ ।

१६ दिने अभियान अन्तर्गत क्लबले बिभिन्न विद्यालयहरुमा छात्राहरुलाई ब्यक्तिगत विकाससँगै बिभिन्न सचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ । अभियानको टिम सदस्य तनु शर्मा कसौधनका अनुसार विद्यालयहरुमा अध्ययन गर्ने छात्राहरुलाई अभियान र हिंसाबाट जोगिने उपायहरुका बारे जानकारी दिइने छ । ‘विद्यालय, समाज र अन्य अपरिचित तथा परिचित ब्यक्तिहरुबाट हुने हिंसाबारे जानकारी गराई रहेका छौं ।’– कसौधनले भनिन् ‘यससँगै छात्राहरुको नेतृत्प विकास तथा ब्यक्तिगत विकास बारे पनि जानकारी प्रदान गरिरहेका छौं ।’

लिलाराम न्यौपाने माध्यमिक विद्यालयका ६९ जना विद्यार्थीलाई ब्यक्तिगत विकास तालिम प्रदान गरिएको कार्यक्रम संयोजक शिल्पा श्रीवास्तवले जानकारी दिइन । उनले यस अघि पनि खजहना आधारभूत विद्यालयमा छात्राहरुलाई ‘खराब छुवाई र असल छुवाइ’ को बिषयमा तालिम प्रदान गरिएको बताइन । तालीमलाई अनामिका जयसवालले सहजीकरण गरेकी थिइन । ब्यक्तित्व बिकास तालिम क्लबकी अध्यक्ष सबा खानको अध्यक्षता तथा रुपन्देही क्याम्पसका प्रमुख लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।