ताजा अपडेट »

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

आइतबार, १८ मंसिर २०७९, १० : ३२
19 Shares

काठमाडौं ।  सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक  आज बस्दैछ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र  गत निर्वाचनको समीक्षा हुनेछ । 

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा पेरिसडाँडामा बस्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।