ताजा अपडेट »

सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल

शनिबार, १७ मंसिर २०७९, २३ : ४९
20 Shares

बुटवल । बुटवलमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः रामराज पोख्रेल चयन भएका छन् । संस्थाको शनिबार बुटवलमा सम्पन्न १४ औं साधारण सभा तथा छैटौं अधिवेशनले पुनः पोख्रेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भिमलाल गौतम, सचिवमा गुणानिधी खनाल, कोषाधयक्षमा विष्णुप्रसाद पन्तसहित सदस्यहरु सर्वसम्मत चयन गरिएको छ । त्यस्तै लेखा समितिको संयोजकमा विनसलाल श्रेष्ठ र सदस्यहरुमा सितु उदय र गोविन्द गिरीलाई चयन गरिएको छ ।

कार्यक्षेत्र विस्तार गर्ने निर्णय
सम्पन्न साधारण सभाले बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको सहकारीको कार्यक्षेत्र विस्ता गरी रुपन्देही जिल्ला बनाउने निर्णय गरेको छ । त्यस्तै सेयर पूँजी बृद्धि गर्न चाहेका शेयर सदस्यहरुलाई १ लाख रुपैंयामा नबढ्नेगरी थप गर्न सकिने निर्णय गरेको छ ।

धितो कर्जामा ३० लाख रुपैंयासम्म लगानी गर्दै आएको उक्त सहकारीले त्यसलाई यथावत राख्दै १० लाख रुपैंयासम्म ऋण तथा असुली उपसमिति र त्यसभन्दा माथि दर्तावाला संस्थाबाट धितो मुल्यांकलन गराई लगानी गर्ने निर्णय गरेको छ ।

आवश्यकता अनुसार समान प्रकृतिको सहकारीसँग मर्जरको लागि पहल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा समयसापेक्ष व्याजदर परिमार्जनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै बुटवल उपमहानगरपालिका-९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठले सरकारको तीन खम्बे अर्थनीति अनुसार सहकारीलाई एउटा बलियो खम्बाको रुपमा स्थापित हुन सुझाव दिए । उनले सहकारीले सानो-सानो भएपनि धेरै अर्थपूर्ण काम गरेको बताउँदै सही मार्गमा अगाडि बढाउन सके भविष्य पनि राम्रो रहेको भनाई राखे । साधारण सभामा वार्षिक प्रतिवदेन प्रस्तुत गर्दै अध्यक्ष रामराज पोख्रेलले सहकारी र आर्थिक अनुशासनलाई कायम गरिएको बताए । उनले त्यसैका कारण सहकारीमा राम्रो प्रतिफल प्राप्त भएको पनि भनाई राखे । सहकारीमा खराव कर्जा नरहेको पनि उनले जानकारी गराए ।

चार्टड एकाउन्टेन छवि पोखरेल, बुटवल बहुउद्देश्यीय सहकारी संस्थाका सचिव बुद्धिमान थापा, प्रौढ सहकारीका अध्यक्ष तिलकराम पौडेल, राष्ट्रिय सहकारी बैंक बुटवलका प्रवन्धक नारायण बेलबसे, संस्थाका सल्लाहकार गाेविन्द मरासिनी, कोषाध्यक्ष अनिल शाक्य, उपाध्यक्ष विश्वबन्दु विनयी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सचिव गुणानिधी खनालको सञ्चालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।