ताजा अपडेट »

बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित)

शनिबार, १७ मंसिर २०७९, २३ : १६
40 Shares

बुटवल । निर्माणाधिन सडक बिस्तारसँग विद्युत पोल व्यवस्थापनका लागि आइतबार बुटवलका विभिन्न स्थानमा विद्युत अनियमित हुने भएको छ । विहान ८ बजेदेखि साँझ ४ बजेसम्म विद्युत सेवा अनियमित हुने जानकारीसहित नेपाल विद्युत विरण केन्द्र तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले सुचना जारी गरेको छ ।

बुटवल उपमहानगरपालिका चौराहा चोकदेखि मिलन चोक, हस्पिटल चोकसम्म हाईवेको पश्चिम तर्फ र बुटवल देविनगर देवसिद्ध चोकदेखि देविनगर चौपारी चोकसम्म बाटो विस्तारको कारण विद्युत अनियमित हुने भएको हो । नयाँ विद्युत लाईन निर्माण कार्यको लागि ११ के. भि. बुटवल पश्चिम फिडर, ११ के भि चौराहा पश्चिम फिडर, ११ के भि चौराहा पूर्व र सालझन्डी फिडरहरुको विद्युत आपूर्ति हूने स्थानहरुमा आपूर्ति अनियमित हुने प्राधिकरणले जनाएको छ । यसैगरी बुटवल बेलबासदेखि मुर्गिया घमाहा खोलासम्म हाईवेको उत्तरतर्फ विद्युत आपूर्ति बन्द हुने भएको हो । प्राधिकरणले तोकिएको कार्य निर्धारित समय भन्दा अगावै सम्पन्न भएमा सोहि अनुसार लाईन सुचारु हुन सक्ने समेत जानकारी गराएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।