ताजा अपडेट »

अमरज्योतीको १४ औं वार्षिक साधारणसभा

शनिबार, १७ मंसिर २०७९, २० : ०२
20 Shares

बुटवल । अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १४ औं वार्षिक साधारण सभा आज (शनिबार) बुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशवराज पोखरेलको सभापतित्वमा भएको साधारण सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा सुपरीवेक्षकको प्रतिवेदन सर्वसम्मपतिले पारित गर्दै संस्थाको स्थायी कार्यालयका लागि जग्गा व्यवस्थापनको पहल गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय बुटवलका प्रशासकीय अधिकृत ध्रुव नेपालले सरकारको तीनखम्बे अर्थनीतिमा सहकारीको योगदान उच्च रहेको भन्दै अमरज्योति सहकारी जत्तिकै शेयर सदस्य प्रति मर्यादित सहकारीहरूले समाजको दिगो विकाशमा थप योगदान पु¥याउन सक्ने बताइन् । संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौड्यालको स्वागतमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मिनराज ज्ञवाली, निवर्तमान अध्यक्ष टंकनाथ अधिकारी, मालिका सहकारीका सचिव शोभा पौडेल, शेयर सदस्यहरूः मेघराज न्यौपाने, सञ्जु पाठक लगायतले बोलेका थिए ।

संस्थाका सचिव लक्ष्मणप्रसाद ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा ८४ वर्ष पूरा गरेका शेयर सदस्यका अभिभावक विष्णुमाया गौतम र तिलसरा थापा, नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा एम.बी.बी.एस.मा नाम निकाल्ने शेयर सन्तति सुमन ज्ञवाली, बी.ई. मा नाम निकाल्ने अर्पित पोखरेल, दश जोड दुई तहमा उत्कृष्ट हुने विकाश घिमिरे र सतिश भट्टराई तथा संस्थाका व्यवस्थापक सरिता नेपाललाई सम्मानित गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।