१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

धनगढी । घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न अभियुक्तलाई तत्काल पक्राउ गर्दै कानुनी दायरामा ल्याउन दलीत अधिकारवादी संघ संस्थाहरूले माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै नौ वटा दलीत अधिकारकर्मी संघ संस्थाहरूले हत्यारालाई कानुनी दायरामा ल्याउन तथा घाइते १५ वर्षीय नेहा लुहारको नि:शुल्क उपचार र परीवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।

Advertisement

दलीत साहित्य सोपान धनगढीका अध्यक्ष गणेश नेपालीले घटनाको अनुसन्धान गर्न ढिलाइ गर्न नहुने बताएका छन् । अनुसन्धानमा ढिलाइ हुँदा अभियुक्त फरार हुने सम्भावना उच्च हुने बताउँदै उनले दोषिलाई चाडोभन्दा चाडो कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

दलीत साहित्य सोपान धनगढी, एएडिएसडब्लुव कैलाली, दलीत महिला संघ (फेडो), राष्ट्रिय दलीत नेटवर्क, नेपाल दलीत मुक्ति संगठन सुदूरपश्चिम प्रदेश,  दलीत गैर सरकारी संस्था महासंघ, संघीय दलीत मुक्ति मोर्चालगायत संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषिमाथि कारबाहीको माग गरेका छन् ।

मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी मायाको बुधबार शिवनाथ–६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । उनको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएको प्रहरीले बताएको छ । उनीसँगै गएकी नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते अवस्थामा फेला परेकी थिइन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड