ताजा अपडेट »

बाजुरामा फेरि मतगणना रोकियो

शुक्रबार, १६ मंसिर २०७९, १० : २१
26 Shares

काठमाडौं । बाजुराको मतगणना फेरि रोकिएको छ । मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो । यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । पछिल्लो परिणाम अनुसार पाण्डेले १ हजार २६९ मतको अग्रता बनाइरहेका छन् । पाण्डेले ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।