ताजा अपडेट »

रुपन्देही उद्योग संघको स्थापना दिवसमा रक्तदान, आश्रममा खाना

विहीबार, १५ मंसिर २०७९, १४ : १५
19 Shares

बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवश एवम उद्योग दिवशका अवसरमा विहिवार बुटवलमा रक्तदान तथा मानव सेवा आश्रममा त्यहा रहेका सदस्यहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । संघले दुई छुट्टाछुटै कार्यक्रमको अयोजना गरि रक्तदान र खाना खुवाएको हो । आगामी पुस ७ गतेबाट बुटवलमा आयोजना गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५२ यूनिट रगत संकलन भएको थियो ।

रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष बोनिन पियाले संघको सामाजिक उत्तरदायित्वलाई नविर्सेर संघको रक्तदान कार्यक्रमले सबै उद्योगीको शिर उचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । कार्यक्रममा संघका अकौ पूर्व अध्यक्ष श्यामबहादुर हमालले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउदै समाजमा स्थापित भएर अगाडी बढन धेरै चुनौतिहरु रहेको उल्लेख गर्दै समाजप्रतिको दायित्वलाई कहिल्यै विर्सन नहुने धारणा राख्नु राखेका थिए ।

संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका गतिविधिहरुलाई अगाडी बढाउने क्रममा सचेत र संयमित भएर लागेको बताउँदै संघले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिने र नयाँ कार्यक्रमहरु थप्दै जाने प्रतिवद्धता जनाए ।

कार्यक्रम संघका महासचिव हरि बहादुर खत्रीको सञ्चालन तथा रक्तदान कार्यक्रम संयोजक लालाहरि पाण्डेको स्वागतमाभएको थियो । संघले मानव सेवा आश्रम, बुटवलमा एक कार्यक्रमको आयोजना गरि त्यहा आश्रित बृद्धबृद्धाहरुलाई खानाको प्रवन्ध गरेको थियो । त्यस अवसरमा संघका निर्वचनमा अध्यक्ष बाबुराम बोहोरा, पूर्व अध्यक्ष बोनिन पिया, आश्रमका अध्यक्ष लोकनाथ भुसाल, संघका अध्यक्ष माधव प्रसाद पौडेल, महासचिव हरि बहादुर खत्री, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतको उपस्थिती थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।