ताजा अपडेट »

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक : पूर्व अर्थमन्त्री पौडेल

विहीबार, १५ मंसिर २०७९, ११ : २२
4 Shares

काठमाण्डौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताएका छन् । ‘निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ ।’, उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।’

काठमाण्डौंमा विहिबार आयोजित नेपाल आर्थिक पत्रकार (समाज)को २६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै पौडेलले मुलुकको आर्थिक अवस्था बारे चिन्ता व्यक्त गरेका हुन् । यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको औल्याएका छन् । अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने समेत उनले बताए ।

‘मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन’, उने भने, ‘अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।’ अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।