ताजा अपडेट »

तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै

बुधबार, १४ मंसिर २०७९, १७ : २६
30 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा बिहीबारदेखि हुन लागेको दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला तथा पर्यटन महोत्सव २०७९ को तयारी पूरा भएको छ । मेलाको तयारी पूरा भएको आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।

बिहीबार तिलोत्तमा नगरपालिकाका मेयरले महोत्सव उद्घाटन गर्ने जीएमले बताए । उक्त महोत्सवको सह–आयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । महोत्सवमा ३ सय स्टल रहने तिलोत्तमा उद्योग ब्यापार संगठनका सचिव युवराज पराजुलीले बताए । उक्त महोत्सवमा ब्याडमिन्टन, महिला कुस्ती, डान्स आइडल लगायतका विभिन्न प्रतियोगिताहरु समेत राखिएको खेल संयोजक विवश थापाले जानकरी दिए । थापाका अनुसार महोत्सव मंसिर २६ गतेसम्म संचालन हुनेछ ।

कोभिड १९ को कारण उपयुक्त वातावरणमा मेला संचालन गर्न नपाएका उद्योगी ब्यवसायीले यसपटक मंसिर १५ बाटै मेला शुरु गर्नेभएका हुन् । मेलामा आकर्षक सेल्फी जोनको पनि निमार्ण गरिने र आकर्षक गेट समेत निर्माण गरिएको छ । मेला अवधिभर स्थानीय तथा राष्ट्यि कलाकारहरुको संगीतिक प्रस्तुति रहने सांस्कृतिक संयोजक भूपति न्यौपानेले बताए ।

कोभिड १९ पछि खुलेर मेला संचालन नभएको अवस्थामा यो मेला सबैका लागि आकर्षक हुने तिलोत्तमा चेम्बर अफ कमर्शका संस्थापक जेपी कडेंलले उल्लेख गरे । आम उपभोक्ता र ब्यापारी ब्यवसायीलाई नजिक बनाउन यो मेलाले सहज भुमिका खेल्ने विश्वास उनले ब्यक्त गरे । मेलामा कृषि र पर्यटनलाई पनि टेवा पुग्ने गरी स्टलहरु सहभागि गराईने तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भूसालले बताए ।

मेला अविधिभर संचारकर्मी, कुटनीतिक निकायका प्रतिनिधि तथा सरकारी निकायका कर्मचारीलाई निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको आयोजकले जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।