ताजा अपडेट »

रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू

शुक्रबार, ०९ मंसिर २०७९, १८ : ४३
6 Shares

बुटवल । विहानदेखि अबरुद्ध बनेको रुपन्देही-२ को मत गणना पुनः सुचारु भएको छ । निर्वाचन आयोगले कानूनी प्रक्रिया अनुसार नै गणना सुचारु गर्न निर्देशनसहितको पत्र पठाएपछि गणना सुरु भएको हो ।

निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न निर्वाचन अधिकृतको कार्यालय बुटवललाई निर्देशन दिएको थियो । विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रायसहितको निर्देशन दिँदै आयोगले 'ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्न निर्देशन गरेको थियो ।

गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानून बमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ । मतगणनाका क्रममा प्रतिनिधि उपस्थित नभए आयोगले आफैँ गणना गरी नतिजा प्रकाशित गर्ने अधिकार कानूनले दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।