ताजा अपडेट »

कपिलवस्तु –१ बाट नेकपा एमालेका बलराम अधिकारी निर्वाचित

विहीबार, ०८ मंसिर २०७९, २२ : ३८
16 Shares

कपिलवस्तु । कपिलवस्तु–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्‍मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्‍मेदवार चक्रपाणि खनाललाई दोब्बर मतान्तरले पराजित गरेका हुन् । १८ हजार ४२९ मतान्तरले खनाल पछि परेका हुन् ।

बलरामले ३६ हजार ६१९५ मत पाउँदा उनका प्रतिस्पर्धी खनालले १८ हजार १९० मत मात्र ल्‍याए । यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३९३ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले ५ हजार ६३६ मत ल्‍याए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।