ताजा अपडेट »

रुपन्देही-२ मा अग्रता बढाउँदै विष्णु पौडेल, १३८९ मतले अघि

विहीबार, ०८ मंसिर २०७९, २१ : २४
22 Shares

बुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तरलाई बढाएका छन् ।  पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा २०८२० मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष पौडेल १३८९ मतले अघि रहेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै घण्टी चिन्हमा १९४३१ मत प्राप्त गरेका छन् ।

यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले १७१०६ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।