ताजा अपडेट »

रुपन्देही-२ मा मतान्तर बढाउँदै विष्णु पौडेल, ३१ हजार ७१० मत गन्न बाँकी

विहीबार, ०८ मंसिर २०७९, १२ : २१
28 Shares

बुटवल । मंसिर–४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनामा रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले १६५९३ मतका साथ अग्रता कायम राखेका हुन् ।

जारी मतगणनामा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १५६१८ मत प्राप्त गरेका छन् । उनीहरु बीच ९७५ को मतान्तर रहेको छ । सत्ता गठबन्धन दलको समर्थन पाएको राष्ट्रिय जनमुक्ति पार्टीका केश सुर्यवंशी तेस्रो नम्बरमा रहेका छन् । उनले १३४४७ मत प्राप्त गरेका छन् । कुल ८१ हजार २०२ मत खसेकोमा हालसम्म ४९ हजार ४९२ मत गणना भईसकेको छ । काँकी रहेका ३१ हजार ७१० मत गणना हुँदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।