ताजा अपडेट »

बर्दघाटमा खुकुरी प्रहार गर्ने अभियुक्तलाई पक्राउ

बुधबार, ०७ मंसिर २०७९, १८ : ०७
31 Shares

परासी । पश्चिम नवलपरासीको बर्दघाटमा खुकुरी प्रहार गरि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट–४ को एक खाजा पसलमा गएराति दुई जनामाथि खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले आज  पक्राउ गरेको हो । खुकुरी प्रहार गरेकामध्ये एक जनाको मृत्यु भएको छ भने एकको गम्भिर अवस्थामा उपचार भईरहेको छ ।

हत्या अभियोगमा संलग्न भएको आरोपमा बर्दघाट २ का ५० वर्षीय ज्ञानेन्द्रबहादुर राना पक्राउ परेको र उनले हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए । अभियुक्त रानाले पसल धनी ४२ वर्षीय विष्णु कुमारी काउछा र कोठामा बसेका ४६ वर्षीय दीलिपकुमार पुनमाथि टाउकोमा खुकुरी प्रहार गरेर फरार भएका थिए ।

खुकुरी प्रहारबाट गम्भिर घाइते भएका पुनको उपचारका क्रममा गएरातिनै मृत्यु भएको थियो । मृतक बडीघाट गाउँपालिका–४, बाग्लुङका हुन्। चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकी विष्णु पनि बडीघाटबाट बर्दघाट आएकी हुन् । विष्णुका श्रीमान भने बाग्लुङमै छन् । दुई छोराहरु कोरिया र रोमानियामा कामको शिलशिलामा छन् । विगत ४/५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । मृतक पुन र विष्णुबीच नाता दाजु-बहिनी रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।