ताजा अपडेट »

दिपक बोहोराको घरदैलो (फोटोफिचर)

सोमबार, २८ कार्तिक २०७९, १२ : ५०
39 Shares

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ का स्थानियहरुले आफ्नो मत तीन दलिय तालमेलका तर्फबाट साझा उम्मेदवार रहेका दीपक बोहोरालाई दिने बताएका छन् ।आईतबार घरदैलोको क्रममा अमुवाका स्थानिय रामबहादुर थापाले भने, ‘हामीले पहिल्यै देखि चिने जानेको मान्छे, फोन गर्दा कुरा गर्ने, भेट्दा समस्या सुनिदिने मान्छे हो दीपक दाई , उहाँलाई भोट नदिएर अरुलाई दिने कुरै हुन्न । ’

यसैगरी भैरहवाको बैंकक्लोनिमा भेटिएका असगर अलिले दीपक बोहोरालाई छाडेर अरुलाई मत दिन नसिकने बताए । उनले एमाले, राप्रपा र जसपाको तर्फबाट विकास प्रेमी नेता उम्मेदवार रहेको बताउदै बोहोराकोलागि आफु प्रचारमै हिडेको बताए । थापा, अलि झै मनमाया पान्डेले पनि बोहोराकोलागि आफुहरुले मत दिने र छरछिमेकमा पनि मत दिन आग्रह गरिरहेको बताईन् । रुपन्देहीमा दीपक बोहोरलाई दीपक दाई भनेर चिन्ने गरिन्छ । एमाले, राप्रपा, जसपाको तीनदलिय साझा उम्मेदवार रहेका बोहोरा उम्मेदवार भएसँगै रुपन्देहीका मतादाता उत्साह समेत देखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।