ताजा अपडेट »

जजिराले लिजमा लिएका जहाज फिर्ता गर्ने भन्दै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा रोक्यो दैनिक उडान, यात्रु अलपत्र

आइतबार, ३० असोज २०७९, ११ : ४७
24 Shares

बुटवल । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिराले दैनिक उडान नभर्दा यात्रुहरु अलपत्र परेका छन् । जजिराले लिजमा लिएका जहाज फिर्ता गरेर नयाँ जहाज लिउने भन्दै दैनिक उडान भर्न नसकेको जनाएको गौतमबुद्ध अन्तराष्ट्रि विमानस्थलका महाप्रबन्धक गोविन्द्र दाहालले बताए ।

‘जजिराले असोज २६, २७ र २८ गते उडान गरेको थिएन् । हामीले के कारणले गर्दा उडान प्रभावित भएको रहेछ भनेर बुझ्दा जजिराले लिजमा लिएका जहाज फिर्ता गरेर नयाँ ल्याउन लागेकाले दैनिक रुपमा उडान भर्न नसकेको जानकारी गराएको छ ।’- महाप्रबन्धक दाहालले भने ।

महाप्रबन्धक दाहालका अनुसार जजिराले अक्टोबर भरि २/४ दिन बिराएर उडान गर्ने बताए । ‘जजिराले आफ्ना नयाँ जहाज लिउन केही समय लाग्ने भन्दै केही समय उडान रोक्ने बताएको थियो । उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रुपमा उडान गर्न नसके पनि एक दिन बिराएर उडान गर्ने हिजो सहमति भएको छ । ग्लोबल आवाजसँग कुराकानी गर्दै दाहालले भने ‘३ दिनसम्म उडान नहुँदा रोकिएका यात्रु रोकिएका थिए । शनिबार जजिराले उडान गरे पछि केही समस्या हल भएको छ । ’

जजिराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि अक्टोबर भर दैनिक एउटा मात्रै उडान भर्ने बताए । ‘जजिराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक २ वटा उडान गर्दै आएको थियो । अक्टोभर त्यहाँ पनि दैनिक एउटा मात्रै उडान भर्ने छ ।’– महाप्रबन्धक दाहालले भने ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।