ताजा अपडेट »

दाङमा २ सय क्विन्टल चामल सुपथ मूल्यमा बिक्री गर्ने लक्ष्य

विहीबार, ०६ असोज २०७९, ०७ : २१
19 Shares


दाङ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा असोज १ गतेदेखि ४४ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले यो वर्ष ४१ जिल्लाको ४४ स्थानमध्ये दाङमा पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दाङको तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयमा पनि असोज १ गतेदेखि कात्तिकको १५ गतेसम्म सुपथ मूल्य पसल संचालन भएको कार्यालयका प्रमुख तिलक सुनारले जानकारी दिए ।

अन्य स्थानहरुमा दाल, नुन, तेल, गेडागुडीमा पनि सहुलिएत दिएको भएपनि दाङमा भने चालमको लागि मात्रै सुपथ मूल्य पसल संचालन भएको छ । दाङमा यो वर्ष असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म २ सय क्विन्टल चामल बिक्री गर्ने कोटा छुट्याईएको छ । दाङमा स्टिम जीरा मसिनो, सोना मन्सिुली, सावा मसिनो र वास्मती गरी चार प्रकारका चामल विक्रि भईरहेको छ । दाङमाप्रति क्विन्टल चामलमा सातसय रुपैयाँ र प्रति किलोमा ७ रुपैयाँ सहुलियत दिएको मुख्य शाखा कार्यालय प्रमुख सुनारले जानकारी दिए ।

जसमध्ये स्टिम जिरा मसिनो चामल २५ केजीलाई पहिले १६ सय ७५ पर्नेमा अब १५ सय रुपैयाँ पाईने प्रमुख सुनारको भनाई छ । प्रमुख सुनारका अनुसार सोना मन्सुली चामल ३० केजीलाई १५६० पर्नेमा छुट गरेर १३५० पाईने भएको छ । सावा मसिनो २५ केजीलाई १८६० पर्नेमा छुट गरेर १६५० र बास्मती चामल १० केजीलाई ११ सय पर्नेमा अहिले छुट गरेर १०३० मा दिंदै आएको प्रमुख सुनारले बताए । असोज १ गतेदेखि ३ गतेसम्म १२.७० क्विन्टल चामल बिक्री भएको सुनारले बताए । व्यक्तिको आवस्यकतामा अनुसार आफुहरुले सहुलियत चामल दिईरहेको उनको भनाई छ

सुमन केसी
लेखकको बारेमा
सुमन केसी