१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । चुनावी खर्च विवरण समयमा नबुझाएपछि बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयसहित जिल्लाका १५ पालिका प्रमुखले जरिवाना तिर्नुपर्न भएको छ ।

Advertisement

निर्वाचन आयोगले समयसिमा भित्र चुनावी खर्च विवरण नबुझाएको भन्दै बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयलाई ५ लाख ५० हजार, सैनामैना नगरपालिका मेयर फणेन्द्र शर्मा, सिद्धार्थनगर नगरपालिका इश्तियाक अहमद खाँ, देवदह नगरपालिका मेयर धुव्र प्रसाल खरेल, लुम्बिनी सांस्कृतिक नगरपालिका सजरुद्दिन मुसलमानलाई ४ लाख ५० हजार रूपैयाँ जरिवाना तोकेको छ । यस्तै ओमसतिया गाउँपालिका, कंचन गाउँपालिका, कोटहीमाई गाउँपलिका, गैहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका, शुद्धोधन गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिकाका अध्यक्षलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

रुपन्देहीका ५ नगरपालिका मध्ये तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले मात्रै समयसिमा भित्रमा निर्वाचन खर्च विवरण बुझाएका थिए । खाँणका निकट प्रतिद्धदी मोहन चापागाईलाई पनि आयोगले समयमै निर्वाचन खर्च विवरण नबुझाएको भन्दै ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने छ र सो समय भित्र जरिवाना नतिरे उनीहरुको पद जाने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोग निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ। निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको निर्वाचन आयोगले जनाएको छ । समयसिमा भित्रमा ८ हजार ६६६ जनाले तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु