ताजा अपडेट »

२५ वर्ष हङकङ र ९ वर्ष अस्ट्रेलिया बसेका ज्वाई जेठानको बुटवलमा ‘चाइनिज बिबिक्यू रेष्टुरेण्ट’

आइतबार, ०२ असोज २०७९, १८ : ५५
42 Shares
आइतबार, ०२ असोज २०७९
42 Shares

बुटवल । बधबहादुर कवर २५ वर्ष अघि हङकङ गए । २५ वर्ष नै हङकङमा बसे । उनकी श्रीमती तारा राना लाहुरेकी छोरी भएकाले उनी सहज रुपमा पर्यटक भिसामा हङकङ पुगे । पर्यटक भिसामा गए पनि उनको सोँच भने त्यहाँ गएर धेरै पौसा कमाउने र नेपालमा आएर केही व्यवसाय गर्ने सोँच थियो ।

हङकङमा उनले होटलको कामदेखि कन्स्ट्रक्शनको कामसम्म गरे । उनीले हङकङको आइडी कार्ड समेत लिएका छन् आइडी कार्ड भएपनि अहिले भने केही काहि मात्रै हङकङ जाने आउने गर्छन् । हङकङ जानु भन्दा अघि नै स्वदेशमै केही गर्ने सोच भएका कवरको सपना अहिले बल्ल पूरा भएको छ । कवरले दुईमहिना अघिदेखि मात्रै ज्वाइसँग मिलेर बुटवलमा ‘चाइनिज बिबिक्यू रेष्टूरेण्ट’ सञ्चालनमा ल्याएका छन् ।

‘हङकङ जानु भन्दा पहिला पनि नेपालमा केही गर्छु भन्ने त सोचेको थिए । म हङकङमा हुँदा पनि नेपालमा गएर व्यवसाय सञ्चालन गर्नु पर्छ भन्ने सोच्थे । तर, व्यवसाय सञ्चालन गर्नका लागि आर्थिक अभाव भए पछि केही गर्न सकेन अवस्था भएन् । अनि बाध्य भएर विदेश जाने निर्णय गरे ।’–उनी भन्छन्।

उमेरले ४१ वर्ष पुगेका बधबहादुरका ज्वाई लालबहादुर राना स्टुडेन्ट भिसामा अस्ट्रेलिया गएर अध्ययनसँगै ९ वर्षसम्म अस्ट्रेलिया बसेर ३ वर्ष अघि स्वदेश फर्किएका हुन् । उनको पनि सोच जेठानको जस्तै पैसा कमाउने र नेपालमाआएर केही व्यवसाय गर्ने थियो ।

लालबहादुरले स्वदेश फर्के लगत्तै केही व्यवसाय गर्ने सोचमा थिए तर कोरोना महामारीको जोखिमको बेलामा भने उनमा व्यवसाय गर्ने आँट आएनन् । जब कोरोनामा महामारी कम भयो त्यसपछि व्यवसाय गर्ने तयारीमा रहेका उनले जेठानसँग मिलेर रेष्टुरेण्ड खोल्ने निर्णयमा पुगे । आफुले ९ वर्षसम्म अष्ट्रेलियामा होटल क्षेत्रमा काम गरेकाले आफुले जानेको व्यवसाय नै गर्ने सोच आएको उनी बताउँछन् ।

‘नेपाल फर्किने बित्तिकै केही व्यवसाय गर्ने सोच थियो । तर, कोरोनाका कारण तत्काल केही गर्न सकिएन् । जेठानको पनि अब नेपालमै सानो तिनो भए पनि व्यवसाय गर्ने सोच थियो । उहाँसँग पनि होटलमै काम गरेको अनुभव मसँग पनि होटलमै काम गरेको अनुभव भयो । आफुले जानेको काम गर्दा सहज हुने भएर दुबै जना मिलेर नेपालीलाई चाइनिज परिकारको स्वाद दिने सोचले संयुक्त रुपमा चाइनिज परिकारको रेष्टुरेण्ट खोल्ने निर्णय गर्यौँ ।’–राना भन्छन् ।

बधबहादुरकी श्रीमती र २ छोरी भने अहिले पनि हङकङमा नै छन् ।अब परिवार सबै नेपालमै आउने सोच बनाएको उनी बताउँछन् ।

७० प्रकारका चाइनिज परिकार पाइन्छन्

२ महिना अघिदेखि ज्वाई जेठान मिलेर बुटवलको सुख्खानगर स्थित त्रिभुवन पथ भाटभटेनी लाइनमा १ करोडको लागतमा सञ्चालन आएको चाइनिज विविक्यू रेष्टुरेण्टमा ७० प्रकारका चाइनिज परिकार पाइन्छन् । ‘संंचालनमा आएको धेरै समय भएको छैन् । पछि चाइनिजका धेरै परिकार थप गर्दै जाने सोचमा छौँ । सुरुवाती चरणमा ७० प्रकारका परिकारहरु उपलब्ध छन् ।– संचालक बधबहादुर कवरले भने ।

परिकारका लागि आवश्यक पर्ने साम्रगीहरुले हङकङबाट नै ल्याएको उनी बताउँछन् । चाइनिज मसला, रोस्टर गर्ने भाडा, राइस कुक लगायतका साम्रगी हङकङबाट ल्याएको कवरले बताए । ‘म हङकङमा लामो सयमसम्म बसे । यसकारणले पनि त्यहाँबाट आवश्यक सामान यहाँ ल्याउन मलाई सहज भएको छ । अहिले चाइनिज मसला, रोटर गर्ने भाडा लगायतका साम्रगी हङकङबाट नै ल्याएको छु । पछि आवश्यक पर्ने र नेपालमा नपाइने सामान पनि हङकङबाट ल्याउछु ।’–उनले भने ।

संचालनमा आएको छोटो समयमै सोचे भन्दा राम्रो सफलता मिलेका संचालक कवर बताउँछन् । ‘रेष्टुरेण्ट संचालनमाआएको २ महिनामात्रै भएको छ । तर, त्यति छोटो समयमै हामीले सोचे भन्दा धेरै ग्राहको साथ र सहयोग पाएका छौँ ।’–उनले भने ।

साथै अहिले रेष्टुरेण्टमा चाइनमा पढेका डाक्टर र चाइनाजाने व्यपारीहरु धेरै परेको कवर बताउँछन् । ‘ चाइनामा पढेका डाक्टरहरु र चाइना जाने व्यपारीहरुलाई धेरै चाइनिज परिकारको बारेमा थाहा भएको भएर पनि होला । अहिले रेष्टुरेण्टमा आउने धेरै जसो चाइना गएका हुनु हुन्छ ।’–उनी भन्छन् ।

सम्पूर्ण बुटवलवासीहरुलाई चाइनिज परिकारको स्वाद चखाउनका लागि रेष्टुरेण्ट खोलिएको र विस्तारै यसलाई अझ नयाँ ढङ्गबाट अघि बढाउने सोचँ रहेको संचालक कवर बताउँछन् ।अहिले रेष्टुरेण्डमा भारतमा ९ वर्ष चाइनिज कुकको काम गरेका कुकसहित ७ जना कर्मचारी छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।