७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी असोज १ गतेबाट सार्वजनिक स्थलमा धूम्रपान नगर्न सबैलाई अनुरोध गरेको छ । असोज १ गतेबाट काठमाडौंको सार्वजनिक स्थलमा धूम्रपान गरेको भेटिएमा कानुन अनुसार कारवाही गर्ने समेत महानगरपालिकाले जनाएको छ । 

Advertisement

सार्वजनिक स्थलमा धूम्रपान र सुर्ती सेवन गर्नेलाई के कस्तो कारवाही गर्ने भन्ने व्यवस्था सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा गरिएको छ । उत्त ऐनको परिच्छेद ५ मा सजाय तथा पुनरावेदनको व्यवस्था गरिएको छ ।कसैले यो ऐन विपरित सार्वजनिक स्थलमा ध्रम्रपान वा सूर्ति सेवन गरेमा व्यवस्थापकले गर्ने सजायका बारेमा ऐनमा भनिएको छ, ‘धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवान वा दुवै सजाय गर्नु पर्ने ।’ 

धूम्रपान वा सूर्ति सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसँग सम्बन्धित भए उनीहरुलाई छुट्टै सजायको व्यवस्था ऐनमा गरिएको छ । ‘धूम्रपान वा सूर्ति सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसँग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारवाही गर्नु पर्ने,’ ऐनमा उल्लेख गरिएको छ । 

व्यवस्थापकले यस ऐन विपरित सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरमा अनुशासनमा नरहेको सरह मानी निजलाई कानून बमोजिम अधिकारप्राप्त अधिकारीले सचेत वा विभागीय कारवाही गर्ने व्यवस्था पनि ऐनमा छ । 

कस्ता स्थानलाई सार्वजनिक स्थल मानिन्छ ? 

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा कस्ता स्थानलाई सार्वजनिक स्थल भनिने भन्ने पनि स्पष्ट किटान गरिएको छ । 

ऐनअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखानाका कार्यस्थललाई सार्वजनिक स्थल मानिएको छ । 

यस्तै सार्वजनिक स्थल भित्र चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यापाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिमार्टमेण्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टरलाई पनि समेटिएको छ । 

माथि उल्लेख गरिएका बाहेक अतिरिक्त कुनै ठाउँको महत्व र संवेदनशीलतालाई विचार गरी सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका अन्य स्थल पनि सार्वजनिक स्थल मानिने छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’