६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

भैरहवा । रुपन्देहीका पत्रकार बिन्दु कुमार चौहानको सम्झनामा स्थापना गरिएको “स्व. बिन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कार” भैरहवाका मोहम्मद हविवले पाएका छन् ।

Advertisement

मधेशी पत्रकार समाज नेपाल जिल्ला कार्य समिति रुपन्देहीद्वारा स्थापना भएको उक्त पुरस्कार बुधबार एक कार्यक्रमकाबीच बितरण गरिएको छ । लुम्बिनी दैनिक, न्यूज कारखाना लगाएतका सञ्चार संस्थामा काम गरिरहेका पत्रकार मोहम्मद हबिब लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार हुन् ।
रुपन्देहीको लुम्बिनी निवासी पत्रकार बिन्दु कुमार चौहानको कोभिडको कारण गत बर्ष मृत्यु भएको थियो । लामो समयदेखि पत्रकारितामा क्रियाशिल चौहानको सम्झनामा मधेशी पत्रकार समाजले यसअघि नै पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, रुपन्देहीक अध्यक्ष रामराज पोखरेलले स्वर्गिय चौहान हक्की स्वभावका पत्रकार रहेको सम्झिए । लुम्बिनी क्षेत्रमा रहेर जोखिम युक्त पत्रकारीता गरेको बिन्दु कुनै पनि प्रकारको सम्झौता गर्न नरुचाउने र समाचार लेखनलाई नै प्राथमिकतामा राख्ने गरेको उनले बताए । पोखरेलले बिन्दुले देखाएको बाटोमा अन्य पत्रकारहरु पनि लाग्नु पर्ने बताए । “अहिले पत्रकारहरु माथि बिभिन्न आक्षेपहरु आउने गरेको छ ।” उनले भने “पत्रकारहरु यी आक्षेपबाट जोगिने गरि काम गर्दै जानुपर्छ ।”

महासंघ पत्रकारहरुको हकहितमा लागेको बताए । उनले दुर्घटनामा परेका पत्रकारहरुलाई उपचारको लागि सहयोग हुने उद्देश्यले जिल्लाका सबै पत्रकारहरुको दुर्घटना बीमा गरिएको बताए । मधेशी पत्रकार समाज, रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माको अध्यक्षता नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेशी पत्रकार समाज, लुम्बिनी प्रदेशका अध्यक्ष रामविकास चौधरी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना लगायतले बिन्दु कुमार चौहानलाई सम्झदै उनले देखाएको बाटोमा अग्रसर हुन नया पुस्तालाई आग्रह गरे । समाजका सचिव हृदयराम गुप्ताको सञ्चालनमा सम्पन्न पुरस्कार बितरण कार्यक्रममा स्वागत समाजका कोषाध्यक्ष रविन्द्र गुप्ताले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट