११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

काठमाण्डौं । केन्याविरूद्धको तीन खेलको एकदिवसीय अभ्यास सिरिज नेपालले ‘क्लिनस्विप’ गरेको छ। लगातार तेस्रो खेल जित्ने क्रममा नेपालले सोमबार भएको तेस्रो खेलमा केन्यालाई ६ विकेटले पराजित गर्‍यो। नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४७.१ ओभरमा पूरा गर्‍यो।

Advertisement

नेपालका लागि कप्तानको भूमीकामा रहेका रोहित कुमार पौडेलले नटआउट ४६ रन र बसिर अहमेदले नटआउट ५२ रन जोडे। त्यसअघि ओपनर अर्जुन साउदले ५८ रन र आसिफ शेखले ५६ रनको योगदान दिएका थिए। ज्ञानेन्द्र मल्लले ३३ रन जोडे। देव खनाल भने १ रनमै आउट भएका थिए।

बलिङमा केन्याका विराज पटेलले २ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो। केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए।

लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले २-२ विकेट हात पारे। नेपालले लगातार दुई खेल जित्दै यसअघिनै एकदिवसीय सिरिज आफ्नो पक्षमा पारेको थियो।

अन्तिम खेलअघि सिरिज आफ्नो पक्षमा पार्ने क्रममा नेपालले शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै २-० को अग्रता लिएर सिरिज जितेको थियो। तीन खेलको एकदिवसीय सिरिजमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरे। नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न गएपछि रोहितले नेपालको नेत‌ृत्व गरेका हुन्।

एकदिवसीय सिरिजअघि नेपालले केन्यासँग पाँच खेलको टी-२० सिरिज खेलेको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भए पनि वरीयतामा तल रहेको केन्यासँग दुई खेल हार्दा नेपालको वरीयता भने खस्किएको थियो।

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा