५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले भ्रष्टाचार अन्त्यका लागि लामो समयदेखि विश्वव्यापी अभियानहरु सञ्चालन भएपनि निर्मुल पार्न नसकिएको बताएका छन् । नेपालमा समेट भ्रष्टाचार अन्यतका विभिन्न अभियान सञ्चालन हुनुका साथै नीति निर्माण भएपनि पूर्ण कार्यान्वयन हुन नसक्दा निर्मुल पार्न नसकिएको जिकिर गरे । भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत कार्टुनिस्ट क्लब अफ नेपालले बुटवलमा आइतबारदेखि आयोजना गरेको कार्टुन प्रदर्शनीमा बोल्दै घर्तीले भ्रष्टाचार विरुद्धको अभियान आफैमा महत्वपूर्ण भएको उल्लेख गरे ।

भ्रष्टाचार अन्त्यका लागि विश्वव्यापी रुपमा भएका अभ्यास तथा नेपालका प्रयास बारे चर्चा गर्दै सभामुख घर्तीले भ्रष्टाचार अन्त्यका लागि साँस्कृतिक रुपमा सञ्चालन गरिएका अभियानले ठूलो भूमिका खेल्ने दाबी गरे । माओवादीको १० वर्षे जनयुद्धताका साँस्कृतिक आन्दोलनका नेता समेत रहेका उनले विभिन्न साहित्यको माध्यमबाट भ्रष्टाचार विरुद्ध गरिने अभिव्यक्तीले भ्रष्टाचार निरुत्साहनमा सहयोग गर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार अन्त्यका लागि सामाजिक आचारण सुधार गर्न आवश्यक रहेकोमा जोड दिए । आर्थिक लेनदेनलाई मात्रै भ्रष्टारका रुपमा बुझ्ने गलत परम्पराको अन्त्य गर्न समेत सहभागीहरुले जोड दिए । राज्यका विभिन्न अङ्गहरुबाट नागरिकले प्राप्त गर्ने अधिकार तथा सेवा सुविधाहरुमा देखिने अनियमितताहरु पनि भ्रष्टाचार नै हो भन्ने कुरा बुझ्न जरुरी रहेको सहभागीहरुले बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, आयोजक क्लबका अध्यक्ष बासु क्षितिज, उपाध्यक्ष देवेन्द्र थुम्केली, क्लबका सदस्य तथा ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल, कलाकार यम थापा लगायतले बोल्दै भ्रष्टाचार विरुद्ध साहित्यिक आन्दोलनको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । दुई दिनसम्म आयोजना हुने प्रदर्शनी बुटवलमा सम्पन्न भएपछि सुर्खेत र धनगढीमा पनि आयोजना गरिने बताइएको छ । सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा सात वटै प्रदेशमा कार्टुन प्रदर्शनीको आयोजना गरिएको हो । प्रर्दशनीमा ३६ जना कलाकारका ५० वटा कार्टुन प्रदर्शनमा राखिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ