११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

बुटवल । जनता समाजवादी पार्टी, नेपाल रुपन्देही संसदीय निर्वाचन क्षेत्र नं। २ ले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । पार्टीको बुटवलमा सम्पन्न क्षेत्रीय भेलाबाट निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरु छनौट गरेको हो ।

Advertisement

जसपाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ टोपराज पाण्डेको नाम सिफारिस गरेको छ भने प्रत्यक्षतर्फकै प्रदेशसभा निर्वाचन क्षेत्र नं। २ ९१० का लागि दीपक गुरुङ र २९२० का लागि कमल बुढा मगरलाई सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै प्रतिनिधिसभाकै लागि समानुपातिकतर्फ साबित्रा विकको नाम सिफारिस गरेको छ ।

पार्टीले प्रदेशसभाका लागि समानुपातिकतर्फ पार्टीका राजनीतिक समिति सदस्य मनिकर कार्कीको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभाकै लागि समानुपातिकतर्फ पार्वती विक र मुना गुरुङको नाम पनि सिफारिस गरेको छ ।
संगठन विस्तार र सुदृढीकरण अभियानमै रहेको जसपाले आगामी भाद्र ३१ गते बुटवल उपमहानगर समिति पुनर्गठन भेला गर्ने निर्णयसमेत गरेको छ । पार्टीका राजनीतिक समिति सदस्य मनिकर कार्कीले अबको निर्वाचनले पार्टीलाई थप बलियो र सशक्त वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने बताए ।

उनले मूलत: पार्टीबाट डा। बाबुराम भट्टराई समूहको बर्हिगमन भएपछि आवश्यकता अनुसार पार्टीका प्रदेश, जिल्ला र स्थानीय तह कमिटीहरु पुनर्गठनको प्रक्रियामा रहेको बताउँदै बुटवलको पुनर्गठनबाट पार्टी थप सुदृढ र बलियो हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा