७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

भदुज । कहिलेकाहीं जीवन कल्पनाभन्दा फरक हुन्छ । कहिलेकाही जुन विषयको बारेमा चर्चा गरिन्छ संयोग वा दुर्भाग्य भनौ त्यही घटना भइदिन्छ । प्रसंग युरोपेली देश लिकटेन्स्टाइनको हो ।  संसदमा भूकम्प बीमामा बहस भइरहेको थियो, त्यहीबेला भूकम्प गयो । 

Advertisement

देशको संस्द ल्यान्डट्यागले सार्वजनिक गरेको एउटा भिडियो अनुसार भूकम्प बीमाबारे बहस भइरहका बेला केही मिनेटको अन्तरमा दुई पटक भूकम्प गएका थिए । प्रोग्रेसिभ सिटिजन्स पार्टी (एफबीपी) की सांसद बेटिना पेटजोल्ड महर संसदमा बोलिरहदा भूकम्प गएको थियो ।

भिडियोमा पहिलो भूकम्प जाँदा उनी हाँसिरहकी देखिन्छिन् । तर लगत्तै आएका दोस्रो भूकम्पले भने उनीहरूको होस हवास उडेको थियो । दोस्रो भूकम्पले संसद भवन हल्लिन थालेपछि पेटजोल्ड आत्तिदै भवनको सिलिङ र दायँ वायाँ हेरेको देखिन्छिन् । दोस्रो भूकम्पपछि तत्कालै संसद बैठक स्थगित भएको थियो भने संसदहरु छिटो छिटो भवनबाहिर निस्किएका थिए । 

युरोन्युजका अनुसार पहिलो भूकम्प २ दशमलब ४ र दोस्रो ३ दशमलब ९ म्याग्निच्युडको थियो । दोस्रो भूकम्पको गहिराई १९ किलोमिटर थियो । उक्त भूकम्प अस्ट्रेलिया, स्विट्जरल्यान्ड र जर्मनीसम्म महसुस गरिएको थियो । भूकम्पले बैठक अवरुद्ध गरेको यो पहिलो पटक भने होइन । सन् २०२० मा अक्टोबरमा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले एक अन्तर्वार्ता दिने क्रममा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल