१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण आज पाँच वटा सडक अवरुद्ध भएका छन् ।  म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहीबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक पूर्णरूपामा अवरुद्ध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

Advertisement

चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मुग्लिन–नारायणगढ सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । पर्वतको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा बाग्लुङ सडक खण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । लमजुङको मर्स्याङदी गाउँपालिका–८ सिमलचौरस्थित बेसीशहर मानाङ जाने बैकल्पिक बाटोमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

प्रहरी चौकी खुदीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर र भलायो डाँडास्थित चतरा बराहक्षेत्र भित्री सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय चतरा र प्रहरी चौकी बराहक्षेत्रबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली