१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । बुटवल दीपनगरस्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकले कक्षा १० मा पढ्ने विद्यार्थीलाई घाइते हुनेगरी कुटपिट गरेका छन् । विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईँले विद्यार्थी जेनित रायमाझीलाई कुटेको विद्यार्थीका अभिभावकले बताएका छन् ।

Advertisement

तिलोत्तमा वडा नं. ५ घर भएका जेनित कक्षा कोठामा हासेको भन्दै शिक्षकले कुटेको अभिभावक चन्दा रायमाझीले बताइन् । यसअघि पनि आफ्नो छोरामाथि विद्यालयमा शिक्षकले कुटपिट गर्ने गरेको उनले बताइन् ।

उनका अनुसार यस पटक पनि शिक्षकबाट कुटपिट भएपछि घटनाबारे बुझ्दा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफूलाई थर्काएको अभिभावक चन्दाले बताइन् । विद्यालयमा शारीरिक यातना दिन नपाइने भए पनि पटक पटक कुटपिटका घटना दोहोरिएको उनको भनाइ छ ।

‘हामीले विद्यालयमा विश्वास गरेर आफ्ना नानीबाबुहरूलाई पढ्न पठाउने तर यहाँ शिक्षकले कुटपिट गर्दा विद्यार्थीलाई मनोवैज्ञानिक त्रास बढेको छ । मनोविज्ञानमा गम्भीर असर परेको छ । यसमा विद्यालय प्रशासन र विद्यालयका प्राचार्य गम्भीर बन्नुपर्छ’, उनले भनिन् । कक्षा ७ देखि सोही विद्यालयमा अध्ययन गर्दै आएका आफ्नो छोरा कुटीनु र घटना बारे बुझ्दा उल्टै थर्काउने काम हुनु ‘दादागिरी पउन’ भएको अभिभावकको आरोप छ ।

शिक्षकको कुटाइबाट घाइते भएका जेनितलाई अभिभावकले लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालिमा उपचार गराएका थिए । जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकका अनुसार कानमा चड्कन हान्दा जेनितको बंगारामा असर पुगेको छ ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले भने आफूलाई पनि विद्यार्थीलाई कुटपिट भएको जानाकारी आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताए । घटना सार्वजनिक भएसँगै सम्बन्धित शिक्षकलाई सम्पर्क गरी छलफलका लागि भोलि बुधबारका लागि बोलाइएको उनले बताए । यसैगरी अभिभावकले जिज्ञासा राख्दा थर्काएको बारेमा उनले गलत बुझाई भएको बताए । घटना हुने समयमा आफू पनि विद्यालय बाहिर भएको हुँदा थप बुझ्न नपाएको बारे जानकारी गराउँदै गर्दा अभिभावकहरुले गलत बुझेको हुन सक्ने बताए । यसैगरी कुटिएका भन्ने विद्यार्थीको बारेमा पनि आफूले बुझेको बताउँदै उनले भने ‘विद्यार्थीको गालामा समान्य सोयलिङ भएको छ । त्यती ठूलो चोटपटक लाग्ने गरी केही भएको छैन । घटना बारे थप बुझ्ने काम हुन्छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली