१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

कपिलबस्तु । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा: सि.के. राउतले मधेसीहरुको हक र अधिकारको लागि निरन्तर रुपमा काम गर्ने बताए । उनले अहिले पनि हरेक क्षेत्रमा मधेसीहरुलाई पछाडि पारेको बताउँदै आफूले निरन्तर संघर्ष गर्ने जनाए ।

Advertisement

उनले भने ‘ मधेसी जनताको नाम राजनीति गर्दै आइरहेका केही नेताहरुले मधेस को हक र अधिकारी दिलाउनको लागि काम गरेको पाइँदैन । अब जनमत पार्टीले किसानको समस्यालाई समाधान गर्नको लागि काम गर्ने छौं।’

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा आयोजित अगुवा नेता कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

जनता समाजवादी पार्टीको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष एवम् पूर्वसांसद नरसिंह चौधरी, जसपाका केन्द्रीय सदस्य लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरी , राष्ट्रिय प्रजातान्त्रिक पार्टीका महासचिव क‌ैलाश गुरुङ , राजेन्द्र गुप्ता सहित नेता–कार्यकर्ता जनमत पार्टीमा आएका केन्द्रीय सचिव भोपेन्द्र यादवले जानकारी दिए ।

उक्ति कार्यक्रममा जनमत पार्टी कपिलवस्तुका अध्यक्ष सीता राम पटेलको अध्यक्षता र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सि।के राउतको प्रमुख अतिथिता मा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली