९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

दाङ । दाङमा लोपोन्मुख जातिको भाषा र पेशा संकटमा परेको छ । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोबास दाङमा नै छ भने कुमाल, कोरी, चमार जस्ता जातिहरूको बसोबास पनि दाङमा देखिन्छ । तर ती जातिहरूको भाषा, पेशा र परम्परा भने संकटमा छ ।

Advertisement

संरक्षणमा सम्बन्धित समुदाय र राज्यको पहल नहुँदा भाषा र पेशा संकटमा परिरहेको जानकारहरूको भनाइ छ । लोपोन्मुख जाति कुसुन्डामा अहिले भाषालाई जीवत राख्ने चुनौती बढ्दै गएको छ । विगतदेखि भाषा संरक्षणका लागि प्रयासहरू भए पनि भाषा जानकारहरूको अभावले भाषा संरक्षणमा चुनौती थपिदै गएको अगुवाहरूको भनाइ छ । नेपालमै कुसुण्डा भाषा बोल्ने र त्यो भाषाका विषय पूर्ण जानकार, भाषा संरक्षक दाङकी ज्ञानीमैया कुसुण्डाको दुई वर्ष अघि ८५ वर्षको उम्मेरमा निधन भएपछि भाषा पुस्तान्तर हुन नसक्दा संरक्षणमा समस्या देखिएको हो ।

भाषा संरक्षणका लागि उनको स्थान ओकट्ने अन्य कुसुन्डा समुदायमा देखिएका छैनन् । उनीपछि भाषा संरक्षण लोप हुने अवस्थामा पुगेको कुसुन्डा विकास समिति केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । लमही नगरपालिका वडा नं. ६ कुलमोहर र घोराही उपमहानगरपालिकाका विभिन्न वडामा गरेर ७४ जना कुसुण्डा बसोबास गर्दै आएका छन् ।

यस्तै लोपोन्मुख आदिवासी जनजाति कुमाल जातिको परम्परागत पेशा लोप हुन थालेको छ । नयाँ पुस्ता परम्परागत भाषा, संस्कृति पेशामा जोडिन नमानेपछि कुमालेहरूको माटोका भाँडा बनाउने पेशा संकटमा परेको समुदायका अगुवा दिपक कुमालले बताए । नयाँ–नयाँ पेशा व्यवसाय उनले नयाँ पुस्ता परम्परासँग जोडिन नमान्दा र पुरानो पुस्ताको व्यवसायले बजारीकरण नपाउँदा कुमाल जातिको पेशा संकटमा रहेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन