५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३, पब्लिकपथस्थित बुटवल पब्लिक स्कूलले शैक्षिक सत्र–२०७८ देखि नयाँ अवधारणामा पठनपाठन गर्दै आइरहेको छ ।

Advertisement

बुटवल पब्लिक स्कूलले विद्यार्थीहरुको अवस्थालाई ध्यानमा राखेर गत शैक्षिक सत्रदेखि झोलाविहीन शिक्षाको नया तथा वैज्ञानिक अवधारणामा पठनपाठन गर्दै आइरहेका छन् । नगर भित्रकै उत्कृष्ट सो विद्यालयमा विद्यार्थीहरुले पाठ्यपुस्तकको भारी बोक्नु पर्दैन, नर्सरीदेखि ६ कक्षासम्म अध्यनरत विद्यार्थीहरुले सो झोलाविहीन शिक्षाको नयाँ तथा वैज्ञानिक अवधारणामा पठनपाठन गर्दै आइरहेको विद्यालयका प्राचार्य हेमलाल शर्माले बताए ।

सो विद्यालयको नयाँ व्यवस्था अनुसार विद्यार्थीहरुले अब दैनिक रुपमा किताबहरु बोक्नु पर्दैन । नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुका सम्पूर्ण पाठ्यपुस्तकहरु कक्षाकोठामा भएको आ–आफ्ना लकरमा मिलाएर राखिने व्यवस्था मिलाइएको छ भने कक्षा ४ देखि ६ सम्मका विद्यार्थीका पाठ्यपुस्तकहरु घरमै लैजाने व्यवस्था गरिएको थियो । विद्यालयका प्राचार्य शर्माका अनुसार पठनपाठन स्मार्ट बोर्डमा, प्रयोगात्मक तरिकाबाट गराइन्छ भने विद्यार्थीले प्रत्येक विषयको विषयवस्तु बुझिसकेपछि कर्यपाना (वर्क सिट) मा गृहकार्य पठाइन्छ । सो कर्यपाना दैनिक चेकजाँच गरी उनीहरुकै फाइलमा राखिने व्यवस्था मिलाईएको स्कूल सम्बन्धी समाचार बीचमा सरेर कार्यापानामा गृहकार्य पठाउँदा विद्यार्थी स्वयम् खोज र अनुसन्धानमा लाग्ने, विषयवस्तु र यसको ज्ञानमा आत्मनिर्भर हुने र किताबी ज्ञानमात्र नभई विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने गरेको विश्वास स्कूलका प्राचार्य शर्माको भनाई छ ।

सो अवधारणा अनुसार पठनपाठन गराउँदा विद्यार्थीहरुले सरल र सजिलो तरिकाबाट सिक्ने, प्रयोगात्मक शिक्षणले विद्यार्थीहरुले विषयवस्तुको ज्ञान छिटो हासिल गर्ने, दैनिक किताबको भारी बोक्नु नपर्ने भएकोले स–साना विद्यार्थीहरु विद्यालय जान लालायित हुने गरेको शर्माले बताए ।

यसले शिक्षकहरुलाई पनि खोज र अनुसन्धानमुलक शिक्षणविधि अपनाउन मद्दत पुर्याएको भन्दै विद्यालयका प्राचार्य शर्माले आगामी शैक्षिक सत्रमा अन्य कक्षामा पनि सोहि अवधारणामा पठनपाठन गराउने तयारी भईरहेको जानकारी दिए । धेरै पुस्तक र ठूलो झोला बोकेर मात्र धेरै पढिन्छ भन्ने सोचलाई परिवर्तन गर्दै वैज्ञानिक विधि अनुसार सुरु गरिएको पठनपाठन निकै प्रभावकारी देखिएको शर्माको भनाई छ । यसले अभिभावकहरुलाई समेत मद्दत पुगेको विद्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ