१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । लामो समयदेखि अलपत्र परेको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक भदौ मसान्तसम्म पिच हुने भएको छ । सो सडक खण्डको लुम्बिनी प्रादेशिक अस्पतालदेखि गोलपार्कसम्मको सडक भदौ मसान्तसम्म पिच गर्ने निर्माणसँग सम्बन्धीत निकायले प्रतिबद्धता गरेका हुन् ।साथै बेलहिया–बुटवल गोलपार्क व्यापारिक मार्गको निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउनका लागि अनुगमन समिति गठन गरिएको छ ।

Advertisement

सडक विस्तार आयोजनका सन्दर्भमा बुटवल उपमहानगरपालिकाको सहजिकरणमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा राखेको थियो । सो अन्तक्रियामा सहभागीहरुबाट प्राप्त सुझावहरुलाई मध्यनजर राखी सहजिकरण समिति गठन गरिएको हो । सडक विस्तार आयोजनका सन्दर्भमा बुटवल उपमहानगरपालिकाको सहजिकरणमा सोमबार आयोजित अन्तक्रिया कार्यक्रममा सहभागीहरुबाट प्राप्त सुझावहरुलाई मध्यनजर राखी सहजिकरण समिति गठन गरिएको हो ।

समितिमा राजमार्गदेखि गोलपार्कसम्मको सडकका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यमा विद्युत कार्यालय बुटवल कार्यालयका प्रमुख, खानेपानी संस्थानका बुटवलका कार्यालय प्रमुख, बुटवल उद्योगवाणिज्य संघका अध्यक्ष, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष र निमार्ण कम्पनीका तर्फबाट ठेकेदार सुवित श्रेष्ठ रहेका छन् । यस्तै सिद्धार्थनगर नगरपालिका तर्फको लागि सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्मा समिति गठन गरिएको छ ।

समितिको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विद्युछ कार्यालय भैरहवाका प्रमुख, खानेपानी संस्थान भैरहवाका प्रमुख, सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष, निर्माण कम्पनीका तर्फबाट ठेकेदार सुवित श्रेष्ठ सदस्य रहेका छन्। यस्तै बेलहिया–बुटवल–गोलपार्क सडक विस्तार आयोजनाका कार्यालय प्रमुख दिपक झा सदस्य सचिव रहेका छन् । समितिले ७/७ दिनमा बैठक बसी प्रगति विवरण सार्वजनिक गर्ने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण