ताजा अपडेट »

गरिब किन गरिब भए !

सोमबार, २३ साउन २०७९, ०९ : ३९
244 Shares
सोमबार, २३ साउन २०७९
244 Shares

प्राकृतिक स्रोतमा सबैको समान जन्मजात नै सुनिश्चित अधिकार भएपनि समाजमा माथिल्लो वर्ग र तल्लो वर्ग देखिन्छन । सामाजिक संरचनाको प्रस्थिति हरेक ठाउँमा भिन्न–भिन्नको हुने गर्छन् । तर, सुरुवातमा जतिबेला मानिसको उत्पति भयो त्यतिबेला सबै मानिस समान नै थिए । यद्यपि पछि आएर मानिसमा व्यक्तिगत सम्पत्तिको चेतना आएपश्चात् गरिब र धनिको भिन्नता सुरु भएको देखिन्छ । अर्को कुरा के हो भने मानिस स्वार्थी प्रवृत्तिको भएर पनि होला मानिस आफ्नो स्वार्थ र रवाफको लागिपनि जसले सम्पत्ति आर्जन गरे तिनीहरुले खानको आशा दिई तिनीहरुका श्रमको शोषण गरे ।

समाजिक दृस्टिकोणले हेर्दा हरेक परिवेशमा गरिब मानिसलाई नै दबाइएका छन्, इतिहासको पानामा नियालेर हेर्यो भने पटक–पटक समाजमा गरिबलाई नै उपेक्षा गरेर, दमन शोषण गरेका छन्। गरिबहरुलाई आफ्नो फाइदाको लागि उपयोग गरे । चाहे त्यो पूर्वेली होस् या पश्चिमेली जहाँ नि त्यही प्रवृत्ति देखिन्छ । पटक–पटक यी गरिबलाई नै दुःख, कस्ट दिइए । गरिबहरुलाई आफ्नो स्वार्थको अस्त्र बनाएर आफ्नो स्वार्थ पूरा गरे र गरिरहेका छन , न त यिनिहरुले कहिल्यै भरपेट खाना नै खान पाए न त राम्रो शिक्षा–दिक्षा र स्वास्थ्य उपचार नै । समाज सास्त्रीहरुले भन्छन् ‘समाजमा कामको उचित मूल्य नपाएर गरिब,गरिब हुँदै गए र धनि थप धनी हुँदै गए ।

त्यसकारण समाजमा असमानताको उपज भयो। विश्व इतिहासलाई हेरे भने विश्वयुद्ध प्रथम र दोस्रो युद्धले गर्दा पनि गरिब अझै गरिब नै भए र धनि अझै धनि नै । अर्थशाश्त्रका पिता एड्म स्मिथ भन्छन् ‘व्यापार नियन्त्रण, उत्पादन नियन्त्रण र मज्दुरको ज्याला तोक्ने कारणले गर्दा आर्थिक संकट निम्त्याउने गर्छन्’ । एडम स्मिथको अनुसार सार्वजनिक संस्था स्थापितगर्नुपर्छ र नीतिहरुको स्याहार सम्भार गर्नु पर्छ त्यसले गर्दा आर्थिकमा सुधार आउन सक्छन् र गरिब गरिब रहदैनन् । उनका अनुसार हरेक व्यक्तिउर्जाशिल र श्रमिकभएकाले गर्दा सबै श्रम धनी हुन्छन् ।

एडम स्मिथले श्रम नै समस्त धनको स्रोत हो, भन्ने गर्छन् । त्यहीँपनि गरिब आफ्नो श्रम शक्ति खर्चिदा पनि गरिब हुने गर्छन् र धनि अझै धनि जसले श्रम खर्चिने गर्दैनन् , यहीं कुरालाई लिएर कार्ल माक्र्सले भन्छन्‘ जबसम्म सर्वहारावर्गमा चेतनाआउदैन किहामीआफ्नै मालिक बाट शोषित भइरहेका छौँ भनेर, यसैलाई बढाउदै भन्छ्न जब विश्वका सबै सर्वहारा वर्ग एकमत हुन्छन् तब गरिब र धनिको वर्गीकरण समाप्त हुनेछन् । तर एकपटट सिकारी युगतिर नियालेर हेर्यो भने त्यतिबेला कुनै सम्पति थिएन । किनभने त्यतिखेर दुई–तीन दिनभन्दा बढीको श्रमलाई जम्मा गरेर राख्न सकिँदैनथ्यो । केही नवमाक्र्सवादीहरुका अनुसार जनसंख्या वृद्धिको परिणाम हो , गरिब गरिब हुँदै गए र धनि धनि हुँदै गए । माक्र्सले भन्छन् ‘जनसंख्याले गर्दा गरिब अर्थात् सर्वहारा वर्ग भएका होइनन् ।’

यो सबै बुर्जुवा जनवादीको देन हो। जसले सर्वहारा वर्गलाई सँधै शोषण गरे र कामअनुसारको दाम नदिएर भएको हो। नेपालको परिवेशमा हेर्दा जब राणाकाल सुरु भएदेखि जनताको श्रम माथि कब्जा गरेर तिनीहरुका श्रमलाई आफ्नो मोज मस्तिमा खर्च गरेका देखिन्छन् । गरिब निमुखा जनताका छोराछोरी आवाज उठाउन नसकोस् भनेर जनताका लागि शैक्षिक क्षेत्रमा वर्जित समेत गरिएका थिए । जब राणाकालीन शासन समाप्त भयो , तब लोकतन्त्रको नाममा गरिब निमुखा जनतालाई पुनः शोषण गरे । सार्वजनिक संस्थागत भएका कलकारखानालाई पूँजपतिको हातमा हस्तान्तरण गरेर । संस्थागत हुँदा जनता कृषि गरेर कच्चापदार्थ पठाएर जिविकोपार्जन गर्ने गर्दथे, पूँजवादको कारणले गर्दा जनता वाध्य भएर भारत , अरब जान थाले । आधुनिकीकरणको कारणले गर्दा विभिन्न प्रकारको लग्जरिएस सामानमा खर्चिन हाले जस्ले गर्दा, तिनीहरुको श्रमको मूल्य पनि लग्जरिएस सामान मै खर्चेका कारण्ले गर्दा पनि गरिब अझै गरिब हुँदै गए ।

तथ्यांकअनुसार दस वर्षको आंकलन गर्दा झन्डै ८१ लाख जनता गरिबीका रेखामुनि रहेका छन् र कुल १० प्रतिशत धनीसंग गरिबकाभन्दा २६ गुणा सम्पति रहेको छ । सर्वाधिक गरिबी हिमाली जिल्लाहरूमा र तराइका जिल्लाहरुमा गरिबी रेखामुनि रहेका तथ्यांकले देखाउँछन् । सरकारले पटक–पटक आंकलन मात्रै गरर्यो । तर यसविरुद्ध कुनै खासै वास्ता गरेका देखिदैन । रोजगारी नपाएर भोकै मरिरहेने अवस्थापनि देखिन थालेको छ।

रोजगारको नाममा विदेशनु पर्ने बाध्यता बाहेक केही देखिँदैन । वि.सं २०४७ मा गरिबी निवारण नीति ल्याएपनि अहिलेको समयसम्म निवारण हुन सकेन । गरिब निमुखा सधै संकटमा पार्नु त सर्वत्र प्रचलित नै छन् चाहे त्यो भूकम्पको बेला होस् या त कोरोना भाइरसको बेला । सरकारी अनुदान त धनि कै लागि हो । वर्तमान समयसम्म पनि रोजगारीको अभाव औंशीको रातझै नै देखिन्छ । आखिरमा कहिले होला गरिबी निवारण र कहिले युवा–युवती देशमै बसेर केही गर्न सकिन्छन् भन्ने दिन आउलान् तँ? -लेखक यादव काठमाण्डौं स्कूल अफ ल मा बिएएलएलबि अध्ययनरत विद्यार्थी हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।