१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । हाले सम्पन्न स्थानीय तह निर्वाचमा बुटवल उपमहानगरपालिकाकी उपमेयरको प्रत्यासी रहेकी तथा व्यवसायी भगवती पाण्डेले जन्मदिनको अवसरमा विद्यालयमा खाजा कार्यक्रम सुरु गरेकी छन् । उनले अधिकांश दैनिक मजदूरी गरेर जिविाकोपार्जन गर्ने परिवारका बालबालिकाहरु अध्ययन गर्ने बुटवलस्थित मैनाबगर आधारभूत विद्यालयमा जन्मदिन मनाउँदै दैनिक खाजा कार्यक्रमको शुभारमभ पनि गरेकी हुन् ।

बुटवल २ मा रहेको मैनाबगर आधारभूत विद्यालयमा अध्यायनरत विद्यार्थीको खाजा खर्च रोटरी क्लव अफ बुटवल सेन्ट्रलले व्यहोर्ने भएको छ । क्लवका संस्थापक अध्यक्ष सुरज खरेलले आईतबार विद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीहरुको लागि खाजा खर्च बापत एकवर्षसम्म र आगामी अध्यक्षहरुले समेत व्यहोर्ने गरी घोषणा गरे । बुटवल उपमहानगरपालकाले उपलब्ध गराएको दिवा खाजा रकम अभावको विचमा विद्यालयले खाजा कार्यक्रम लागू गर्ननसकेकको विद्यालयकी प्रधानाध्यक्षक कमला ज्ञवालीले बताईन । उनका अनुसार नगरपालिका बाट १५ रुपैयाँ प्रति विद्यार्थीका दरले खाजा रकमको लागि आउने गरेकोमा उक्त विद्यालयमा विहान ८ बजे देखि नै विद्यार्थीहरु आउने भएकोले खाजा रकम अपुग रहेको थियो । जसको कारण सुरुवात भएको थिएन ।

आइतबार रोटरी क्लव अफ सेन्ट्रलका आरएलएमएन कोअडीनेटर तथा राप्रपाका नेतृ भगवती पाण्डेले आफ्नो जन्मदिनको अवसरमा खाजा बनाउने ग्यास, चुलो सेट, टिफिन, वक्स सहितका सामग्री प्रदान गरेकी थिइन् । उनले सामाजिक सेवा भावले आफुले जन्मदिन मनाउने खर्र्चले विद्यालयमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन । कार्यक्रममा क्लवका अध्यक्ष पप्पु कुमार गुप्ता, सचिव विकास गौतम, कोषाध्यक्ष कृष्ण कण्डेल, सह सचिव व्रिटिना गिरी, सदस्य स्वीकृती टण्डनसहित विद्यालयव्यवस्थापन अध्यक्ष शालीकराम ज्ञवाली, अभिभावक संघ अध्यक्ष यमलाल घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु