६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

काठमाडौं । नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिबाट नियालीरहेको बताएको छ । परराष्ट्र मन्त्रालयका आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवत्ता सेवा लम्सालले उक्त कुरा बताएकी हुन् । 

Advertisement

‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपाल सभैभर एक चीन नीतिको समर्थन गर्दै आएको छ,’ प्रवक्ता लम्सालले भनिन् । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यसैसाता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा तनाव बढेको छ । 

पेलोसीले ताइवानको भ्रमण गरेको जवाफमा अहिले चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानको सीमा नजिक मिसाइल समेत प्रहार गरेको छ । ‘दुवै मुलुक (नेपाल र चीन)ले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वधिनताको सम्मान गर्दै आएका छन्,’ परराष्ट्र प्रवक्ता लम्सालले भनिन्, ‘एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको जानकारी गराउन चाहन्छु ।’ 

पत्रकार सम्मेलनमा उनले परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म गर्ने चीन भ्रमणलाई चीन–ताइवान बढ्दो तनावसँग जोडेर नहेर्न आग्रह गरिन् । ‘घटना पछि भएको हो, परराष्ट्रमन्त्रीको चीन भ्रमणको तयारी धेरै पहिला देखि सुरु भएको हो,’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस्

Flash News

महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई