८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

मंसिर १४,
ग्लोबल आवाज
बुटवल । नेपालकै ठूलो चेन सुपरमार्केट भाट-भटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ हुँदैछ । काठमाण्डौको भाटभटेनीमा सन १९८४ मा एउटा सटरबाट कोल्ड स्टोरका रुपमा सुरुवात भएकोे यो स्टोर आज नैपालकै एक स्थापित अग्रणी ब्राण्ड भएको छ । यस सुपरमार्केटले देशभर आफ्नो शाखा विस्तार गर्नेक्रममा रुपन्देहीको सिद्धार्थनगर–७, नयाँ सडक, भैरहवामा आफ्नो १७ औं स्टोरको निर्माण कार्य सम्पन्न गरेको छ । यस आघि रुपन्देहीकै बुटवलमा आफ्नो १३ औं स्टोर स्थापना गरि सञ्चालमा ल्याईसकेको भाट-भटेनीको रुपन्देहीमा यो दोश्रो शाखा हो । आफ्नो सेवालाई देशभर विस्तार गर्ने अभियानमा लागेको भाट-भटेनी सुपरमार्केटले यहीँ मंसिर २६ गते बिहीबारदेखि आफनो सेवा भैरहवा बासीमाँझ ल्याउन लागेको हो ।

Advertisement

देशभरका स्टोरहरुमा यो १७ औं भएपनि लगानी र आकारले यो भक्तपुर र बौद्धपछि भाटभटेनीको तेस्रो ठूलो स्टोर रहेको सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङले बताए । नेपाल र भारतको सिमा नाका नजिकै रहेको शहर भैरहवामा सञ्चालन हुने स्टोरलाई चूनौती र अवसर दुबै छन् । यसै कुरालाई मध्यनजर गरी स्टोरलाई थप व्यस्थित, आकर्षक र अन्यमा भन्दा धेरै सेवा प्रदान गर्ने नीति अपनाएको अध्यक्ष गुरुङले बताएका छन ।

६ तले वृहत स्टोरमा डिपार्टमेण्टल स्टोरहरुसँगै यस क्षेत्रमा पहिलो पटक बिश्व प्रसिद्ध केन्टुकी फ्राईड चिकेन (केएफसी) तथा प्रसिद्ध पेपे पिजा जस्ता ब्राण्ड समेत भाटभटेनीले भित्राएको र चाडैनै फुडकोर्ट तथा मल्टी प्लेक्स सिनेमाहल लगाएतका सेवाहरु समेत सञ्चालमा आउने स्टोरका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए । यस स्टोरमा अन्य स्टोरभन्दा सजावटका हिसाबले समेत नयाँपन होस् भनि आकर्षक गेट तथा पार्किङ स्थलमा वाटर फाउन्टेनको निर्माण गरिएको उनले जनाएका छन् । यस स्टोरले शुभारम्भको अवसरमा केही समयसम्म कुनै पनि सामान खरिदमा १० प्रतिशत छुटको अफर समेत दिईने जनाएको छ । स्टोरमा जग्गा तथा भवन बाहेक करिब ४० करोड लागत रहेको बताइएको छ ।

मंसिर २६ गते भव्य उद्घाटन कार्यक्रमका लागि विशेष तयारीमा रहेको बताउँदै सम्पुर्ण भैरहवा बासीमा सहभागि हुन भाट-भटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङ्गले आग्रह गरेका छन् । भैरहवा शाखा सञ्चालन पछि नेपालगञ्जमा भाटभटेनीको उद्घाटन हुने छ । नेपालमै ५० हजारलाई रोजगार प्रदान गर्ने लक्ष्य राखेका अध्यक्ष गुरुङले ब्यावसायसँगै आफनो आम्दानीको केही अंश सामाजिक कार्यमा समेत लगाउँदै आएका छन् । उनले स्टोर विस्तारलाई तिव्रता दिँदै लक्ष्य पूरागर्ने समेत बताए । स्टोरमा हालसम्म करिब ८ हजार रोजगाररत छन् भने भैरहवाको स्टोरमा ४ सयदेखि ५ सयसम्म कार्यरत रहने उनले बताएका छन् ।

भैरहवामा भाटभटेनी सञ्चालन भएपछि नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजार सुनौली जाने क्रम घट्ने र नेपाली रुपैयाँ नेपालमै संचित रहने तथा भारतीय ग्राहकहरु पनि किनमेलका लागि नेपाल आउनेहुँदा अर्थतन्त्रमा समेत राम्रो प्रभाव पर्न सक्ने आंकलन गरिएको छ । स्टोरले भारतिय बजारमा भन्दा सस्तो मूल्यमा सामाग्रीहरु उपलब्ध गराउने दाबी समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’