२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १४,

Advertisement

ग्लोबल आवाज

भैरहवा । मुलुकको कृषि क्षेत्रमा थुप्रै समस्या भएको एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । कार्यक्रममा सहभागि किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाइ पहुँचवालाले पाएको गुनासो गरेका छन् । उनीहरुले कृषिको विकास बिना मुलुक समृद्ध हुन नसक्ने कुरा सबैलाई अवगत हुँदाहुँदै पनि कृषि क्षेत्रमा सरकारको खासै ध्यान जान नसकेको बताए । किसानले परिश्रम गरेर उत्पादन गरेको वस्तुको मूल्य किसानले कम पाउने तर उपभोक्ताले उक्त वस्तुको बढी मूल्य तिर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने उनीहरुको भनाइ छ ।

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा जारी पाँचौ लुम्बिनी पर्यटन, प्रर्बद्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ अन्तर्गत शुक्रबार मेला सचिवालयमा भएको कृषि सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले किसानको परिश्रमको उचित मुल्यांकन हुनुपर्ने माग गरे । उनीहरुले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं लगानी बढाउनुपर्ने बताए ।कार्यक्रममा बोल्दै प्रदेश ५ सरकारका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले मुलुकको सक्रिय जनशक्तिमध्ये ६६ प्रतिशत नागरिक कृषि पेशामा निर्भर भएको बताए । उनले आयात नियन्त्रण गर्ने कुरा गर्ने तथा सीमापारी गएर वस्तु किन्ने प्रवृत्ति ठीक नभएको बताए । सुवेदीले उत्पादन र उत्पादकत्व नबढेसम्म एक अर्काको सेवा नसकिने बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले उद्योग क्षेत्रमा भन्दा कृषि क्षेत्रमा मुलुक आत्मनिर्भर बन्ने सम्भावना बढी रहेको बताए । उनले युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न महोत्सवमा सहुलियत दरमा कृषि स्टलहरु राखिएको बताए । कृषकले उत्पादन गरेका वस्तुको उचित बजार दिने ग्यारेण्टी दिन सकेमा कृषि पेशाप्रति आकर्षण बढ्ने भण्डारीले बताए । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख तुल्सीराम भण्डारीले नीजि क्षेत्रले कृषिको विकासको लागि कार्यक्रम अगाडी बढाउनु प्रशंसनीय रहेको बताए । उनले प्रदेश ५ कृषिको प्रचुर सम्भावना रहेको प्रदेश भएको बताए । कृषि विकास रणनीति एडिएस विज्ञ डिलाराम भण्डारीले कृषिको विकासको लागि शुशासन बलियो हुनुपर्ने बताए ।

वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले अनुदानसम्बन्धि आएका गुनासो अनुगमन गर्दा गुनासो भए जस्तो नभेट्टिएको बताए । मत्स्य शुद्ध नस्ल तथा प्रर्वद्धन केन्द्रका प्रमुख महेशचन्द गुप्ताले अहिले माछापालनमा धेरै काम गर्न बाँकी रहेको बताए । संगठनका उद्योग उपाध्यक्ष एवं मेला मूल आयोजक समिति सह–संयोजक रामचन्द्र रेग्मीले अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको बताए । उनले प्रविधि नभित्र्याइ कृषि क्षेत्रको विकास हुन नसक्ने दावी गरे । संगठनका वाणिज्य उपाध्यक्ष एवं मेला मूल आयोजक समितिका सह–संयोजक दर्पण श्रेष्ठले कृषिमा आकर्षित बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए । स्टल दर्ता तथा बांडफांड उपसमिति सह–संयोजक राम प्रसाद भण्डारीले किसानले प्रयोग गर्ने औषधी तथा बिउबिजन मंहगो भएकोले त्यसलाई सहुलियत दरमा उपलब्ध गराउन माग गरे ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीका संस्थापक अध्यक्ष माधव ढुंगाना, पक्लिहवा कृषि क्याम्पसका प्राध्यापक डा. भगवानदास मानन्धर, नेपाल बहुमुखी सहकारी संस्था लिमिटेड सिद्धार्थनगरका निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, बहुमुखी सहकारीका कृषि उपसमिति सदस्य विष्णु प्रसाद आचार्य, माछापालक कृषक भुवन पौडेल, मौरीपालक कृषक धुव्रराज ज्ञवाली, कृषक राजेश हरिज लगायएत भनाई राखेका थिए । उद्योग व्यापार संगठन रुपन्देहीका सह–कोषाध्यक्ष एवं महोत्सवका कृषि स्टल व्यवस्थापन, कृषि क्षेत्रको आर्थिक व्यवस्थापन उपसमिति संयोजक राम मिलन यादवको स्वागत, निवर्तमान अध्यक्ष एवं अनुगमन तथा मुल्यांकन उपसमिति संयोजक खिम बहादुर खत्रीको धन्यवाद ज्ञापन तथा महासचिव एवं सचिवालय उपसमिति संयोजक अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने