ताजा अपडेट »

कास्कीमा थप विस्फोट, शान्ति मावि नजिक दुईपटक विस्फोट, मतदान जारी

शनिबार, १४ मंसिर २०७६, १० : १८
10 Shares

मंसिर १४,

पोखरा । उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको कास्की क्षेत्र नं. २ मा थप एक स्थानमा बम विस्फोट भएको छ। पोखरा-१६ को शान्ति मावि मतदान स्थल बाहिर दुईपटक बम विस्फोट भएको हो।

मतदान सुरु भएको केहीबेरमा र ८ बजेर ३५ मिनेट जाँदा दोस्रो पटक विस्फोट भएको बताइएको छ। विद्यालयको पर्खाल बाहिर विस्फोट भएकोले खासै क्षति नभएको प्रहरीले जनाएको छ। विस्फोटपछि मतदातामा झन् त्रास बढाएको छ। यद्यपि, मतदान भने रोकिएको छैन। यसअघि आजै बिहान पोखरा-३३ भरतपोखरीस्थित सरस्वती टिका मावि र पोखरा–९ को नवप्रभात माविको मतदान केन्द्र नजिक बम विस्फोट भएका थिए।- नेपालन्युज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।