२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १४,

Advertisement

काठमाडौँ । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ । विमानस्थलबाट सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

ठूला बोइङ र जेट विमानसमेत उड्न मिल्ने गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको २० वर्षे गुरुयोजना कार्यान्वयनमा आइसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए । चार चरणमा तयार गरिने सो विमानस्थलको निर्माणका लागि साढे १२ अर्ब रुपियाँ खर्च हुनेभएको छ । सबै चरणका काम अन्तरसम्बन्धित भएकाले एकैसाथ सुरु गरिएका छन् । निर्धारित समयमा विमानस्थल तयार गर्ने लक्ष्य छ, प्रमुख ठाकुरले भने । नेपालगञ्ज विमानस्थल स्तरोन्नतिको गुरुयोजनालाई गत साता मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।

हाल एटीआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस, बोइङ र जेटजस्ता ठूला विमान पनि उडाउन मिल्ने बताइएको छ । गुरुयोजना अनुसार विमानस्थलको धावनमार्ग हालको रनवे ३ सी श्रेणीको अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो बनाइने छ । त्यसो गर्दा एयरबस ३२० एनइओ मोडेलका ठूला जेट विमान सहजै उडान गर्न सक्ने विमानस्थल तयार हुनेछ । नयाँ गुरुयोजना अनुसार अगाडि बढ्दा विमानस्थलका लागि १०० बिघा जग्गा थप गर्नुपर्ने छ । हाल १६६ बिघा क्षेत्रफल रहेको विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने छ ।

योजना अनुसार विमानस्थलको निर्माण चार चरणमा पूरा गरिने छ । पहिलो र दोस्रो चरणको काम अहिले सुरु गरिसकिएका छन् । पहिलो चरणमा रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम गरिने भएकाले सोका लागि प्रक्रिया सुरु गरिसकिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । सो चरणमा तीन अर्ब ५० करोडभन्दा बढी बजेट खर्च गरिने छ । गुरुयोजनामा दोस्रो चरणका लागि सन् २०२५ भित्र दुई अर्ब आठ करोड लगानीमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटिएका छन् । तेस्रो र चौथो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनेको देखिने छ । जसमा सात अर्ब ४० करोड खर्च हुने अनुमान गरिएको सो कार्यालयले जनाएको छ ।

दैनिक ४० वटा सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलबाट अहिले करिब एक हजार एक सय यात्रु दैनिक उड्ने गरेका छन् । पश्चिम नेपालका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ गरेर तीनवटा प्रदेशलाई प्रत्यक्ष रूपमा एक अर्कासंँग जोड्नुका साथै सङ्घीय राजधानीसंँग पनि जोड्ने कार्य गर्दै आएको छ । बाँकेका पर्यटन व्यवसायी भीमलाल कँडेलले विमानस्थलको स्तरोन्नति गर्ने कार्य गुरुयोजना अनुसार नै निर्धारित समयमा पूरा गराउन सकिए यो क्षेत्रले विकासमा ठूलो फड्को मार्ने बताए ।- गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने