२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १३,

Advertisement

काठमाडौँ । नवनियुक्त कृषि विकास तथा पशुपक्षी मन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरूको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तक्र्रियामा उनले त्यस्तो बताएका हुन्।

‘कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफैं विकसित हुन सक्नैन, कृषिलाई विकसित गर्ने भनेको आधुनिकीकरण, यान्त्रीकरण,व्यवसायीकरण जे भने पनि मेरो प्रयत्न कृषिलाई उद्यमसँग गाँस्ने नै हो,’ उनले भने। कृषिलाई उद्यमशीलतासँग जोड्ने सोंच बनाएर मन्त्रालयको जिम्मेवारीमा आएको बताए। महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग स्थानीयस्तरमा कृषि र यसको उत्पादनसँग जोडिएको भन्दै यस्ता उद्योगी र गाउँघरमा कृषि कर्म गर्ने किसानको हितमा राज्यको नीति केन्द्रित हुनुपर्नेमा जोड दिए।

कृषि व्यवसाय र कृषि उद्यमशीलताको कुरा गर्दा धेरैजसो कृषिका आयोजना सहरमा बस्नेहरूले खोलेका फर्महरूलाई अनुदान दिनेतर्फमात्रै केन्द्रित रहेको रहेको मन्त्री भुसालको भनाइ छ।
महासंघको संयुक्त प्रतिनिधि मण्डलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई उनकै कार्यकक्षमा भेटी बधाई तथा शुभकामना दिएको थियो।

उक्त अवसरमा संघीय मामिला मन्त्री त्रिपाठीले खासगरी स्थानीय रोजगार र स्वरोजगारका निम्ति स्थानीय उद्यमशीलता र पालिका र प्रदेश तहमा उद्योगग्राम स्थापनाका लागि पालिका र प्रदेश सरकारसँगको सहकार्य र महासंघसँगको समन्वयमा अघि बढ्ने बताएका थिए।- नेपालन्युज

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने