बुटवल । तेश्रोलिंगीहरुको 'आमा' भनेर परिचित महिला तथा अधिकारकर्मी आनिक रानाको उपचारमा आर्थिक अभाब भएको छ । मुखको क्यान्सरबाट पिडित राना अहिले चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छिन ।
उनले आफ्नो उपचारमा आर्थिक रकम अभाव भएको भन्दै आर्थिक सहयोगका लागि सार्बजनिक अपील समेत गरेकी छन् । तिलोतमा नगरपालिका ९ सुनेनापथ मिलिजुली टोलमा बस्दै आएकी रानामगर साहसी कदम नेपालका अध्यक्ष समेत हुन् ।
उनी जेठ ४ गतेदेखि अस्पतामै भर्ना भएकी छन् । उनको भैरहवामा रहेको एभरेष्ट बैंक लिमिटेडमा रहेकाे यमबहादुर राना (आनिक) को खाता नम्बर ००५००५०१००३७०४ मा रकम जम्मा गरिदिएर सहयोग गर्न समेत नागरिक आग्रह गरेकी छन् ।
'म डेढ महिनादेखी जीवन मरणको अवस्थामा छु, यहि बेला म बस्दै आएको घरबेटीले घरबाट निकालेका छन् , म अस्पतालमा रुदै दिन काटिरहेकी छु ।' उनने भनिन् । मानवीयता सम्झेर जीवन बचाइदिन आग्रह गर्दछु ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी अभियान्ता समेत रहेकी राना अहिले राेगबाट ग्रसित भएकी हुन् ।
प्रतिक्रिया