२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १२,
सुमन केसी/ग्लोबल आवाज

Advertisement

दाङ । प्रदेश ५ मा रिक्त रहेको एक प्रदेश सभा सदस्यसहित ९ वटा पदका लागि ४१ जनाले उपनिर्वाचनमा भाग लिदैछन् । यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तह अन्तर्गत विभिन्न पालिकाको ८ वटा वडा अध्यक्ष पदको लागि ४१ जना उम्मेदवार रहेका छन् । दाङ, रोल्पा, बाँके, प्युठान, गुल्मी र अर्घाखाँची गरि प्रदेशका ६ जिल्लामा रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

सम्वन्धित जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्याङक अनुसार राजनीतिक दल र स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेका छन् । जस अन्र्तगत दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेश सभा सदस्य पदका लागि १२ राजनीतिक दल र दुई जना स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् । स्वर्गिय सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनामा परि निधन भएपछि उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । उनी तत्कालिन नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै जिल्ला निर्वाचन कार्यालय घोराहीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएपछि रिक्त रहेको पदमा पाँच राजनीतिक दल र दुई जना स्वतन्त्र गरि सात जना उम्मेदवार रहेका छन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए । दुई स्थानमा हुने उपनिर्वाचनमा ७३ हजार एक सय ७२ मतदाता रहेका छन् । जसमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख)मा ६८ हजार सात सय १९ र घोराही १६ मा चार हजार ४ सय ५४ जना मतदाता रहेका छन् ।

यस्तै रोल्पाको थवाङ गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष फर्कबहादुर बुढाको निधन भएको छ । उनको निधनपछि रिक्त रहेको पदका लागि दुईजना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस बिच प्रतिस्प्रर्धा हुँदैछ । स्वतन्त्रको तर्फबाट एक जनाले मनोनयन दर्ता गराए पनि उनले उम्मेद्वारी फिर्ता लिईसकेको कार्याले बताएको छ । उक्त वडामा एक हजार तीन सय मतदाता रहेको जनाइएको छ । यस्तैगरी प्युठान जिल्लाको दुई पालिकामा उपनिर्वाचन हुन लागेको छ । जिल्ला निर्वाचन कार्यालय प्युठानले दिएको जानकारी अनुसार प्युठान नगरपालिका वडा नम्वर २ का खिमबहादुर विष्टको निधन भएपछि रिक्त रहेको पदमा दुई जना उम्मेद्वार रहेका छन् । उनले तत्कालिन नेकपा एमालेबाट चुनाव जितेका थिए । अहिले नेकपा र नेपाली कांग्रेस विच प्रतिस्प्रर्धा हुन लागेको छ ।

सोहि जिल्लाको ऐरावती गाउँपालिका वडा नम्वर १ र २ का वडा अध्यक्षहरु जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख भएपछि दुवै वडा अध्यक्ष पद रिक्त रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जानकारी दिएको छ । वडा नम्वर १ मा अध्यक्ष पदम थापा २०७४ सलाको स्थानीय निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनी अहिले जिल्ला समन्वय समिति प्युठानको उपप्रमुख बनेको कार्यालयले बताएको छ । कार्यालयका अनुसार वडा नम्वर दुईका वडा अध्यक्ष केशवराज आचार्य जिल्ला समन्वय समिति प्युठानको प्रमुख बनेका छन् । वडा नम्वर १ मा नेकपा र कांग्रेस गरी दुई जना उम्मेदवार छन् भने वडा नम्वर २ मा कांग्रेस, जनमोर्चा र राप्रपा गरी तिन जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

बाँकेमा पनि उपनिर्वाचन हुन लागेको छ । जिल्लाको कोहलपुर नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राम सोहन थारुको निधनपछि रिक्त रहेको पदका लागि पाँचजना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जानकारी दिएको छ । उनी कांग्रेसबाट निर्वाचित भएका थिए । सो वडामा २ हजार २६ जना मतदाता रहेका छन् । गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ६ मा अध्यक्ष पुर्ण रिगामीको निधनपछि उक्त पदका तिनजना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उनी तत्कालिन एमालेबाट निर्वाचित भएका थिए । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार नेकपा, कांग्रेस र स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेका छन् । उक्त वडामा दुई हजार ४८ मतदाता रहेका छन् ।

यस्तैगरी अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ३ को वडा अध्यक्ष जिवन चौहानको सवारी दुर्घटनाका कारण निधन भएपछि अहिले त्यहाँ पनि उपनिर्वाचन हुन लागेको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार रिक्त रहेको पदमा तिन जना उम्मेदवार रहेका छन् । नेकपा, कांग्रेस र राप्रपाले उम्मेदवारी दिएका छन् । वडामा तिन हजार ११ जना मतदाता रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने