ताजा अपडेट »

लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल

विहीबार, २३ असार २०७९, १६ : ४३
2 Shares

दाङ । दाङको घोराही १७ बेलभारमा दैनिक ४० बोरा डिएपी मल उत्पादन हुने गरेको सुर्य शक्ति सुपर जैविक प्रांगारिक मल उत्पादन केन्द्रले जनाएको छ ।

उत्पादित सबै मल बिक्री हुँदै आएको सञ्चालक शान्ता चौधरीले जानकारी दिइन् । उनीका अनुसार स्टक राख्नुपर्दैन । सहकारीहरु सम्पर्कमा छन् । उत्पादन हुँदा बित्तिकै मल किनेर लैजाने गरेका छन् । यति बेला चार किसिमको डिएपी उत्पादन भएको चौधरीको भनाइ छ । कम्पलेक्स पेवर अग्र्यानिक मलको प्रतिबोरा मूल्य तीन हजार छ । मिश्रित मल पनि उत्पादन हुने गरेको छ । बोरा छाप्न बिलम्ब गरेकाले मल प्याक गर्न समस्या आउने गरेको उनीले बताइन् ।

चाँडै युरिया मल उत्पादन गर्ने उद्योगले जनाएको छ । ‘ठूलो मेशिन अर्डर भइसकेको छ’–उनले भनिन् त्यसपछि युरिया पनि उत्पादन हुन्छ ।’ सरकारले एलसी बन्द गरेपछि केही समय अन्यौलमा परेर ढिला भएको चौधरीले बताइन् । उद्योगले ल्याएको युरिया उत्पादन गर्ने मेसिन भन्सारमा आइसकेको उनीले बताइन् ।

यहाँ उत्पादित मलको नमूना पठाएर मेशिन अर्डर भएको चौधरीको भनाई छ । उनीका अनुसार मल उत्पादन गर्न उपयुक्त छ भनेर प्राविधिकले रिपोर्ट दिएका छन् । त्यसकै आधारमा मेशिन आउँदैछ । त्यो आयो भने दैनिक दुई सय बोरा उत्पादन गर्न सकिन्छ । यो काम चाँडै शुरु गरिन्छ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी